Logo

नयाँ सरकार गठनपछि शेयरबजार ओरालो लाग्दै, नेप्से साताभरमा २६ अंकभन्दा बढि घट्यो



फागुन ११, काठमाण्डौ । यस साता नेपाल स्टक एक्सचेन्जमा १७६ कम्पनीहरुको कारोबार भएको छ । १८ हजार ६ सय ४ कारोबारबाट एक अर्ब ७० करोड ७० लाख ६८ हजार रुपैयाँ बराबरका ४२ लाख ४८ हजार सात सय ३० कित्ता सेयरहरु खरिद बिक्री भएका छन् ।

कारोबार रकम गत साताको भन्दा १० दशमलब ७५ प्रतिशत बढी हो । गत साता १७९ कम्पनीहरुको कारोबार भएको थियो । जस अनुसार १६६३८ कारोबारबाट एक अर्ब ५४ करोड १४ लाख २५ हजार रुपैयाँ बराबरका ३७ लाख ९२ हजार चार सय ७० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २६.९२ अंकले घटेर अन्तिम दिन १३८६.९८ अंकमा पुगेको छ ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ५.९१ अंकले घटेर २९३.२५ अंकमा आईपुगेको छ । यस साता कारोबार रकम (११ करोड २० लाख ६० हजार रुपैयाँ) को आधारमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक अग्रस्थानमा रहेको छ । त्यसैगरी कारोबार भएको सेयर संख्या (तीन लाख ६४ हजार कित्ता) को आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ ।

त्यसैगरी कारोबार संख्या (११२१ वटा) को आधारमा पनि सेन्चुरी कमर्सियल बैंक लिमिटेड अग्रस्थानमा रहेको छ । साताभरको कारोबारबाट दशवटै समुहको परिसुचक ओरालो लागेको छ । सबैभन्दा बढि बिमा समुहको सुचक एक सय २८ अंकभन्दा बढिले घटेको छ भने सबैभन्दा कम अन्य समुहको एक दशमलब एक तीन अंकले मात्रै घटेको छ ।

सातामा सर्वाधिक रकमको कारोबार भएका ५ कम्पनीहरुमा नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड संस्थापक, ओम डेभलपमेन्ट बैंक लिमिटेड, सेन्चुरी कमर्सियल बैंक लिमिटेड, राष्ट्रिय विमा कम्पनी लिमिटेड संस्थापक र सानीमा बैंक लिमिटेड रहेका छन् । यस साता नेपाल स्टक एक्सचेन्जको कारोबार कक्ष नियमित कारोबारका लागि चार दिन खुला रह्यो । यस साता पनि ऋणपत्रतर्फ संस्थागत तथा सरकारी ऋणपत्रहरुको कुनै पनि कारोबार भएन ।

यस साता सूचिकरण तर्फ सानिमा इक्विटी फण्डको शेयर सूचीकृत भएको छ ।।



प्रतिक्रिया दिनुहोस्