Logo

शिक्षा मन्त्रालयको नाम फेरियो, अरु मन्त्रालय केके भए ?



फागुन ११, काठमाण्डौ । शिक्षा मन्त्रालयको नाम परिवर्तन हुने भएको छ । मन्त्रालय पुनः संरचना गरिदा शिक्षा मन्त्रालयको नाम फेरिन लागेको हो । सरकारको निर्णयअनुसार अब शिक्षा मन्त्रालयको नाम शिक्षा, विज्ञान प्रविधि एवं युवा तथा खेलकुद मन्त्रालय रहने छ ।

संघीय सरकारमा मन्त्रालयको संख्या घटाउनु पर्ने संवैधानिक ब्यवस्था अनुसार शुक्रबार बसेको मन्त्री परिषद्को बैठकले मन्त्रालयको संख्या ३० बाट घटाएर १८ मा झार्दा शिक्षा मन्त्रालयमा अन्य मन्त्रालय समेत गाभिएको हो ।

२५ सदस्यीय भन्दा ठूलो मन्त्रिपरिषद बनाउन नपाइने संवैधानिक ब्यवस्थाका कारण सरकारले मन्त्रालयको संख्या घटाउन एक आपसमा गाभेको हो । गाभिएका मन्त्रालयका कर्मचारी कसरी मिलाउने भन्ने तय भई नसकेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।

सरकारले कृषि, पशु विकास र भूमिसुधार मन्त्रालय गाभेर कृषि, सहकारी तथा भूमि व्यवस्था मन्त्रालय बनाउने निर्णय गरेको छ । यस्तै उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय गाभिएर एउटै मन्त्रालय बनाईएको छ ।

सिँचाइ, ऊर्जा र खानेपानी मन्त्रालय गाभिएर जलस्रोत तथा ऊर्जा मन्त्रालय बनाईएको छ । यसैगरी वन र वातावरण मन्त्रालय गाभिएर वन तथा वातावरण मन्त्रालय बनाईएको छ । महिला, बालबालिका र श्रम तथा रोजगार मन्त्रालय पनि गाभिएको छ । संघीय मामिला, स्थानीय विकास र सामान्य प्रशासन मन्त्रालय गाभेर संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय बनेको छ ।



प्रतिक्रिया दिनुहोस्