Logo

माओवादीबाट बादलले सरकारको नेतृत्व गर्ने, गुहमन्त्री वर्षमान, अरु कुरा मिलेन



फागुन ११, काठमाण्डौ । नेकपा माओवादी केन्द्रले आज पनि मन्त्रालयको बाँटफाँट गर्न सकेन । पार्टीबाट सरकारमा सहभागि सासंदहरुको टुङ्गो लगाउन भन्दै आज बसेको बैठकले निष्कर्ष निकाल्न नसकेको हो ।

सरकारको नेतृत्व गरेको एमालेसँगको भागबण्डामा ७ वटा मन्त्रालय पाएको माओवादीले कुन मन्त्रालयमा कसलाई पठाउने भन्ने सहमति गर्न नसकेको हो ।

पार्टीभित्रका सबैजसो सासंदले मन्त्री बन्ने इच्छा देखाएपछि आजै टुङ्ग्याउन खोजिएको विषय टुङ्गिन नसकेको हो ।

झण्डै पचासजना जतिले मन्त्री बन्ने इच्छा देखाएको माओवादीका एक नेताले बताए ।

सबै मन्त्रालयको विषयमा सहमति जुुट्न नसके पनि माओवादीबाट रामबहादुर थापाले नेतृत्व गर्ने विषयमा भने सहमति भएको ति नेताले बताए ।

त्यसैगरी पूर्व गृहमन्त्री वर्षमान पुनलाई गृहमन्त्रालय दिने विषयमा पनि सहमति नजिक पुगिएको बताएका छन् ।

यद्यपी पूर्वगृहमन्त्रीद्धय शक्ति बस्नेत र जनार्दन शर्मासहित मात्रिका यादवले पनि गृहमन्त्रालय नै दाबी गर्दै आएका छन् ।

अब मन्त्रालयको विषयमा आइतबारसम्म टुङ्गो लगाउने गरी आजको छलफल स्थगित गरिएको हो ।

आजै बसेको एमालेको स्थायी समितिको बैठकले पनि एमालेबाट सरकारमा सहभागि हुनेहरुको नाम टुङ्गो लगाउन सकेको थिएन ।
दुवै दलले आइतबारसम्म टुङ्ग्याएर मन्त्रीमण्डल विस्तार गर्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्