Logo

नेपालमै पहिलोपटक क्यासलेस स्वास्थ्य बीमा नेपाल मेडिसिटीमा



काठमाडौं, ११ फागुन । नेपालीहरुलाई सुलभ उपचारका लागि नेपाल मेडिसिटी र प्रिमियर इन्स्योरेन्स कम्पनीले नेपालमै पहिलोपटक क्यासलेस स्वास्थ्य बीमा कार्यक्रम ल्याएको छ ।

स्वास्थ्यको क्षेत्रमा क्यासलेस स्वास्थ्य बीमा कार्यक्रमले नेपालीहरुलाई आफ्नो स्वास्थ्य प्रति ढुक्क हुने वातावरण सिर्जना गरी ठूलो संख्यामा नेपालीहरु यस कार्यक्रममा आबद्ध हुने विश्वास लिदै आज एक कार्यक्रमका बीच नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत सुधाकर जयराम र प्रिमियर इन्स्यारेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत सुद्युम्न प्रसाद उपाध्यायले एक समारोहकाबीच द्विपक्षिय सम्झौतामा हस्ताक्षर गरी सेवा शुभारम्भ भएको जानकारी गराउनु भयो ।

यस स्वास्थ्य वीमा अन्र्तगत सेवा लिने ग्राहकले नगदको पर्वाह नगरी सिधै अस्पतालमा भर्ना भई लिएको सेवाको आधारमा उपचारको क्रममा लाग्ने ९० प्रतिशत सिधै इन्स्योेरेन्स कम्पनीले भुक्तानी दिने र १० प्रतिशत मात्र विरामीले बेहोर्नु पर्ने ब्यवस्था गरेको प्रिमियर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले बताउनु भयो ।

अब वार्षिक १ हजार २ सय ५० मा ब्यक्तिले ५० हजार रुपैया सम्मको स्वास्थ्य सुविधा लिन सक्ने र १ हजार ८ सय ७५ भुक्तानी गरेको खण्डमा परिवारले सोही रकम सम्मको स्वास्थ्य सुविधा लिन सक्ने भएका छन् ।

आफ्नो इच्छा विभिन्न प्रिमियमको ब्यवस्था गरी सबैका लागि यस बीमाले अवसर प्रदान गरेको उहांले बताउनु भयो ।
प्रमुख कार्यकारी अधिकृत उपाध्यायका अनुसार १० लाख सम्मको स्वास्थ्य सेवाका लागि ब्यक्तिले २५ हजार र परिवार सबैको लागि ३७ हजार सम्म वार्षिक प्रिमियममा सुविधा लिन सक्ने छन् ।

सुलभ तथा गुणस्तरीय स्वास्थ्य सेवामा सबै नेपालीहरुको पहुंच पुर्याउन यस बीमा कार्यक्रमले ठूलो सहयोग गर्ने र यस कार्यक्रममलाई ग्रामीण तह सम्म पुर्याई सबै नेपालीहरुलाई स्वास्थ्य प्रति ढुक्क हुने वातावरण सिर्जना गर्न आफूहरु लागी परिरहेको नेपाल मेडिसिटी अस्पतालका प्रमुख कार्यकारी अधिकृत जयरामले बताउनु भयो ।

सरकारी तथा गैह्र सरकारी दुवै क्षेत्रबाट स्वास्थ्य बिमा कार्यक्रमलाई सघन रुपमा ब्यवस्थापन गरी स्थानीय स्तर सम्म यसलाई पुर्याउन सकेको खण्डमा त्यसले आम नेपालीलाई सहयोग पुग्ने नेपाल मेडिसिटी अस्पतालका वरिष्ठ न्यूरोसर्जन डा. गोपाल रमण शर्माले बताउनु भयो ।

अब नेपालीहरुलाई आफ्नो स्वास्थ्यका लागि केही लगानी गर्नुपर्ने पर्छ भन्ने भावना अभिबृद्धि गर्दै वार्षिक रुपमा न्यून रकम जोहो गरेको खण्डमा पर्दा ठूलो सहयोग अस्पताल र बीमा कम्पनीले प्रदान गर्ने अवस्थाको सिर्जना हुनुले नेपालको स्वास्थ्य क्षेत्रले ठूलो फड्को मार्ने नेपाल मेडिसिटीका महाप्रबन्धक विजय रिमालले बताउनु भयो ।

नेपालीहरुलाई उपचारका लागि विदेश जानु नपर्ने र अब सम्पूर्ण उपचार नेपालमै सम्भव बनाउने अभियानका अभियन्ता डा. उपेन्द्र महतोले स्थापना गर्नुभएको देशकै एकमात्र उत्कृष्ट पूर्वाधार, प्रविधि र जनशक्तिसहितको अन्तर्राष्ट्रिय अस्पतालले आम नेपालीको अन्तिम विश्वास नेपाल मेडिसिटी उहांले बताउनु भयो ।



प्रतिक्रिया दिनुहोस्