Logo

ओलीको जन्मदिनमा श्रीमतीलाई केक खुवाए, पितालाई प्रवेश दिइएन



फागुन १२, काठमाण्डौ । प्रधानमन्त्री केपी ओलीले शुक्रबार ६७औँ जन्मदिन भव्यताका साथ मनाए । तर शुभकामना दिन ओली निवास वालुवाटार पुगेका पिता मोहानप्रसाद ओली भने अलपत्रमा परे ।

जन्मदिनमा कुटनीतिक नियोगका प्रतिनिधि र नेताहरुले घेरिएका प्रधानमन्त्री ओलीले बुबासँग भेट्न पनि समय पाएनन् । उनका बुबा ८८ वर्षीय मोहनप्रसाद शुक्रबार बिहान बालुवाटारमै प्रधानमन्त्री बनेका छोरा केपी ओलीलाई भेट्न पर्खिरहेका थिए ।

जन्मदिनमा प्रधानमन्त्री ओलीसँग केकसहित भेट्नेको लर्को थियो भने चिनियाँ र भारतीय राजदूत अघिपछि थिए ।
प्रधानमन्त्रीलाई जन्मदिनमा शुभकामना व्यक्त गर्न केक बोकेर पुगेका ठूलो हुलको बीचमै बुबा मोहनप्रसाद पनि छोरालाई जन्मदिनको शुभकामना दिन पर्खिरहेका थिए ।

तर उनको कसैले पनि वास्ता गरेन । ओली पिताको वालुवाटारमा अपमान भएको त्यहाँ पुगेका संचारकर्मीलगायतले अनुभव गरे ।

उनलाई ओलीले भित्र भव्यताका साथ जन्मदिन मनाइरहँदा प्रतिक्षालयबाट भित्र प्रवेश गर्नै दिइएको थिएन ।
सुरक्षाकर्मीले नचिनेर हो वा ओलीले वास्ता नगरेर, उनले भित्र प्रवेश गर्न चाहे पनि अनुमति पाएनन् ।
“भित्र भव्य कार्यक्रम भइरहँदा केक काटेर श्रीमतीलाई खुवाए, बाबुलाई वास्तै गरेनन् ।” कतिपयले भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्