Logo

सरकारमा सहभागी हुन उपेन्द्र यादव आँतुर, फेस सेभिङ् खोज्दै



काठमाठौं, १२ फागुन । सरकारमा सहभागी गराउन एमाले–माओवादीले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग पछिल्लो समय लगातार भेटवार्ता गरिरहेको खुलासा भएको छ ।

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरम अध्यक्ष यादवसँग लगातार छलफल गरिरहेका छन् । स्रोतका अनुसार अध्यक्ष यादवसँग प्रचण्डले (हिजो र आज) वान टु वान भेटवार्ता गरेका छन् । अध्यक्ष यादवपनि सरकारमा जानको लागि आँतुर रहेको खुलासा भएको छ ।

अध्यक्ष प्रचण्डबाहेक ओली, प्रचण्ड र यादववीच पनि लगातार छलफल भएको हो । यादवले संविधान संशोधनमा सरकारको प्रतिबद्धता खोजेपनि भित्री रुपमा सरकारमा सहभागी हुनको लागि फेस सेभिङ खोजिरहेको स्रोतको दाबी छ ।

ओली, प्रचण्ड र यादवबीचको भेटमा प्रधानमन्त्री ओली १८ वटा मन्त्रालयमा तीन वटा मन्त्रालय दिन आफू तयार भएकोले तत्काल सरकारमा सहभागी हुनको लागि उपेन्द्रलाई कन्भिन्स गरेका छन् । तर यादवले तत्कालै सरकारमा सहभागी भैहाल्नेगरि कुनै पनि ग्रिन सिग्नल भने दिईसकेका छैनन् । उनीहरुबीच आन्तरिक छलफल जारी छ ।



प्रतिक्रिया दिनुहोस्