Logo

नेता भेटवालको स्वास्थ्य अवस्थाबारे जानकारी लिन प्रधानमन्त्री ओली मेडिसिटी अस्पतालमा



काठमाडौँ, १२ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले उपचाररत नेकपा (एमाले) का नेता जागृतप्रसाद भेटवालको स्वास्थ्य स्थितिका बारेमा आज जानकारी लिएका छन् ।

केही दिनदेखि भैँसेपाटीस्थित नेपाल मेडिसिटी अस्पतालमा उपचार गराईरहेका भेटवाललाई आज अस्पतालमा पुगेर प्रधानमन्त्री ओलीले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

रगतमा हुने ‘प्लेटिलेट्स’को संख्या अत्यन्तै कम रहेकाले नेता भेटवाल अस्पताल भर्ना भएका हुन । उपचारमा संलग्न चिकित्सकले भेटवालको अवस्थामा क्रमशः सुधार आइरहेको प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

प्रधानमन्त्रीले उनको उपचारमा कुनै कसर बाँकी नराख्न चिकित्सकलाई आग्रह गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस्