Logo

जो सभापति छ उही दलको नेता, देउवाको विकल्प खोज्नेहरु सफल हुँदैनन् : खाँड



फागुन १३, काठमाण्डौ । नेपाली कांग्रेसमा ससंदीय दलको नेता कसलाई बनाउने भन्नेमा एकमत हुन सकेको छैन । एकपक्षले सभापति शेरबहादुर देउवाले अरुलाई नै दलको नेता बनाउनुपर्ने बताइरहेका छन् भने देउवा निकट भनेर चिनिने नेताहरुले देउवा नै दलको नेता बन्नुपर्ने तर्क गरेका छन् ।

देउवाबाहेक महामन्त्री शशांक कोइराला र पूर्व महामन्त्री प्रकाशमान सिंह संसदीय दलको आकांक्षी देखिएका छन् ।

चुनावमा पार्टीले लज्जास्पद हार बेहोरेपछि देउवाले सभापति पदसमेत हस्तान्तरण गर्नुपर्ने आवाज उठिरहेका बेला देउवा पक्षका नेताहरुले भने सभापति र संसदीय दलको नेता एउटै हुनुपर्नेमा जोड दिएका छन् ।

रेडियो कार्यक्रममा ऋषि धमलासँग कुरा गर्दै कांग्रेस नेता बालकृष्ण खाँडले शक्ती सन्तुलनका लागि सभापति देउवालाई नै संसदीय दलको नेता बनाउनुपर्ने बताए ।

खाँडले देउवालाई असफल नेताको आरोप लगाएर विकल्प खोज्नेहरु सफल नहुनेसमेत चेतावनी दिए ।

“शक्ति सन्तुलनका लागि वान म्यान टु पोष्ट मै जानुपर्छ । देउवाको विकल्प खोज्नेहरु सफल हुँदैनन् । जो सभापति छ उही नै दलको नेता बन्नुपर्छ ।” उनले भने ।



प्रतिक्रिया दिनुहोस्