Logo

राष्ट्रपतिमा खनाललाई बाटो छेक्न प्रधानमन्त्री बनिसकेको व्यक्ति राष्ट्रपति बन्न नपाउने मापदण्ड



फागुन १३, काठमाण्डौ । नेकपा एमालेमा राष्ट्रपति कसलाई बनाउने भन्नेमा सहमति हुन सकेको छैन ।
माओवादीसँगको पद बाँडफाँटमा राष्ट्रपति एमालेको भागमा परेको छ । तर कसलाई बनाउने भन्नेमा सहमति हुन नसकेको हो ।

एमाले अध्यक्ष केपी ओली पक्षले हालकै राष्ट्रपति विद्यादेवी भण्डारीलाई दोहोर्याउनुपर्नेमा जोड दिएको छ भने पूर्व अध्यक्ष झलनाथ खनाल आफैँ राष्ट्रपति बन्न चाहेका छन् ।

अर्का पूर्व अध्यक्ष माधवकुमार नेपालले पनि खनाललाई बनाउन पाए हुन्थ्यो भन्ने आशय व्यक्त गरेको छ ।
तर ओली पक्षले खनाललाई राष्ट्रपति बन्नबाट रोक्नका लागि नयाँ मापदण्डको कुरा अघि सारेको छ ।

नेपाली रेडियो रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै एमालेका उपमहासचिव विष्णु पौडेलले प्रधानमन्त्री बनिसकेको व्यक्ति राष्ट्रपति बन्न उचित नहुने तर्क अघि सारेका छन् ।

“कार्यकारी प्रमुख भइसकेका व्यक्तिले राष्ट्रपति बन्न मिल्दैन । हुँदैन । प्रधानमन्त्री भइसकेका व्यक्तिहरुले राष्ट्रपति बन्ने चाहना राख्नु उचित हुँदैन ।” पौडेलले भने ।

कार्यकारी प्रधानमन्त्री भइसकको व्यक्ति राष्ट्रपति बन्दा संवैधानिक दायरामा नबस्ने सम्भावना बढि हुने पौडेलको तर्क छ ।



प्रतिक्रिया दिनुहोस्