Logo

‘११ औं प्रधानसेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता-२०७४’ समापन



काठमाडौं, १४ फागुन । सैनिक आवासीय महाविद्यालय, भक्तपुरले उक्त महाविद्यालयको खेल मैदानमा आयोजना गरेको ‘११ औं प्रधानसेनापति अन्तर विद्यालय रनिङ्ग टि–ट्वान्टी क्रिकेट प्रतियोगिता २०७४’ हिजो सम्पन्न भएको छ ।

प्रधानसेनापति महारथी राजेन्द्र क्षत्रीको प्रमुख आतिथ्यमा एक विशेष समारोहका बीच उक्त प्रतियोगिता समापन भएको हो ।

गत माघ २८ गतेबाट सञ्चालन भएको उक्त प्रतियोगितामा जम्मा १७ वटा माध्यमिक विद्यालयहरुका १८ वटा क्रिकेट टिमहरुको सहभागिता रहेको थियो ।

हिजो भएको समापन खेलमा सैनिक आवासीय महाविद्यालय, भक्तपुरको क्रिकेट टिम ‘ए’ र राजन मेमोरियल उच्च माध्यमिक विद्यालय बालाजुको क्रिकेट टीमबीच भएको फाईनल खेलमा सैनिक आवासीय महाविद्यालयको टिमले राजन मेमोरियल उच्च माध्यमिक विद्यालयलाई ४७ रनले पराजित गरी प्रथम हुन सफल भएको छ ।

सो प्रतियोगिताको म्यान अफ दि सिरिज राजन मेमोरियल उच्च माध्यमिक विद्यालयका अनुप नेपाल हुन सफल भएका थिए ।

उक्त समापन समारोहमा प्रधानसेनापति श्री क्षत्रीले प्रतियोगितामा प्रथम र द्धितिय स्थान हासिल गर्न सफल क्रमशः सैनिक आवासीय महाविद्यालयको क्रिकेट टिमलाई नगद रु.२५,०००।– (पच्चिस हजार) र राजन मेमोरियल उच्च माध्यमिक विद्यालयको क्रिकेट टिमलाई रु. १५,०००।– (पन्ध्र हजार) लगायत दुवै टिमलाई प्रमाण पत्र, मेडल र ट्रफी प्रदान गरेका थिए ।

उक्त समापन समारोह कार्यक्रममा नेपाली सेनाका रथीबृन्द, अधिकृत, सञ्चारकर्मी, अविभावकलगायत विद्यार्थीहरुको उपस्थिती रहेको थियो ।

यस प्रकारको प्रतियोगिताबाट विद्यार्थीहरुमा अध्ययनको अलावा खेल प्रति अभिरुची बढ्न गई भविश्यमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीहरु उत्पादन गर्न सहयोग मिल्ने विश्वास नेपाली सेनाले लिएको छ ।



प्रतिक्रिया दिनुहोस्