Logo

माओवादीले मन्त्रिको नाम टुँग्यायो, को-को बन्ने भए ? (सुचिसहित)



काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रले पार्टीबाट मन्त्री बन्ने ७ जनाकै नाम टुँगो लगाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेता रामबहादुर थापा बादल र नारायणकाजी श्रेष्ठले ७ जनाकै नाम भर्खरै टुँगो लगाएका हुन । जसमा रामबहादुर थापा बादल, वर्षमान पुन अनन्त, मातृका यादव, अमनलाल मोदी, बिना मगर, शक्तिबहादुर बस्नेत र देवेन्द्र पौडेल छन् ।

प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नाम केही बेरमै बुझाउने छन् । प्रधानमन्त्रीले आजै मन्त्रिमण्डल विस्तार गर्ने तयारी गरिसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्