Logo

देउवालाई होलीलगत्तै शेखरले अप्ठ्यारोमा पार्ने !



काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका केन्द्रिय सदस्य डा. शेखर कोइराला सभापति शेरबहादुर देउवाविरुद्ध होलीलगत्तै आक्रमक रुपमा प्रस्तुत हुने भएका छन् ।

उनले यो होलि सकिएलगत्तै महासमिति बैठक बोलाउन देशव्यापी रुपमा हस्ताक्षर अभियान चलाउने निधो गरेका छन् । उनी निकट स्रोत भन्छ,“सभापति देउवालाई यो होलीसम्म आरामले बस्न दिने हो तर, होली सकिएलगत्तै दबाबमूलक कार्यक्रम देशव्यापी रुपमा सुरु हुन्छ, यसको नेतृत्व शेखर कोइरालाले गर्नुहुन्छ, उहाँले पूर्ण तयारी गरिसक्नुभएको छ ।”

महासमितिलगत्तै पार्टीको अर्ली महाधिवेशन बोलाएर सभापतिबाट देउवालाई हटाउने योजना कोइरालाले बनाएका छन् ।



प्रतिक्रिया दिनुहोस्