Logo

पौडेलसँग देउवा आक्रोशित, पार्टीभित्र उठ्यो अनुशासनको कारबाही



काठमाडौं, १४ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा अर्का बरिष्ठ नेता रामचन्द्र पौडेलसँग रुष्ट बनेका छन् ।

देउवाले पार्टीभित्र अनुशासनको कारबाहीको समेत कुरा उठाएका छन् । पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा नेता एन.पी. साउदले देउवाको भनाई उद्धृत गर्दै भने,‘रामचन्द्रजीले जे गरेका छन्, गलत गरेका छन्, पार्टीभित्र अनुशासनहिनता बढ्यो, अब म अनुशासनको कारबाही गर्नसम्म सक्छु।’

सभापति देउवाले संसदीय दलको नेतामा पनि आँफै उठ्ने अन्तिम तयारी गरिसकेका छन् । फेरि साउदले भने,‘सभापतिज्यूले आँफै दलको नेता बन्छु भन्नभएको छ, सोही अनुसार मुभ गर्नुहुन्छ।’



प्रतिक्रिया दिनुहोस्