Logo

ईश्वर रक्षा, बादल गृह, खतिवडा अर्थ र यादव उद्योगमन्त्री



काठमाडौं, १४ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । एमाले र माओवादीका ४ जना मन्त्रीले सपथ लिएका हुन् ।

एमाले महासचिव ईश्वर पोखरेल रक्षामन्त्री भएका छन्। पूर्वगभर्नर तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष युवराज खतिवडा अर्थमन्त्री बनेका छन्।

प्रधानमन्त्री भए लगत्तै ओलीले युवराज खतिवडालाई राष्ट्रिय सभामा मनोनयन गरेका थिए।

 

माओवादी केन्द्रका रामबहादुर थापा ‘बादल’ले गृहमन्त्री र मातृका यादवले उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीको रूपमा सपथ लिएका छन्।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्