Logo

बादल-पम्फाको दबाबपछि बुहारीलाई मन्त्री बनाउन प्रचण्ड असफल



काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अन्तिममा आएर आफ्नी बुहारी समेत रहेकी नेतृ बिना मगरलाई आजको सपथग्रहणमा सहभागी नगराएको खुलासा भएको छ ।

अध्यक्ष प्रचण्डले कम्तिमा एक जना महिलालाई आज सपथ गराउनेगरि प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरेका थिए । प्रचण्डको प्रस्तावमा ओली पनि सकारात्मक थिए । तर, प्रचण्डलाई पार्टीभित्रैबाट बिनालाई मात्रै मन्त्री बनाईए ठिक नहुने चेतावनी आएपछि उनी एकाएक ब्याक भएको स्रोतको दाबी छ ।

आजै गृहमन्त्री बनेका नेता रामबहादुर थापा बादल र नेतृ पम्फा भुषालले बिनालाई मात्रै मन्त्री नबनाउन दबाब दिएका थिए । नेतृ भुषालले पनि मन्त्रीमा दाबी गरिरहेकी छिन् ।



प्रतिक्रिया दिनुहोस्