Logo

मन्त्री भएलगत्तै बादल र मातृका पुगे प्रचण्ड निवासमा



काठमाडौं, १४ फागुन । नेकपा माओवादी केन्द्रबाट नवनियुक्त मन्त्रीद्धय रामबहादुर थापा बादल र मातृका यादवले पदभार सम्हालेलगत्तै आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको घरमा पुगेका थिए ।

सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका दुई र आफ्नै दल एमालेबाट दुई गरी ओलीले चार जनालाई मन्त्रीमा आज सोमबार नियुक्त गरेका हुन । मन्त्री नियुक्त भएसँगै बादल र माृतका प्रचण्ड निवास खुमलटार पुगेका थिए । उनीहरुलाई प्रचण्ड पत्नीले खादा र माला लगाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी थिईन् ।

प्रधानमनत्री ओलीले माओवादीका वरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ गृह, मात्रृका यादव उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री र एमालेबाट ईश्वर पोखरेल रक्षा र युवराज खतिवडाले अर्थमन्त्रीमा नियुक्त गरेका हुन ।

माओवादीका नेता वादल यसअघि २०६५ सालमा प्रचण्ड नेतृत्वको सरकारमा रक्षा मन्त्री बनेका थिए ।

तस्विर : उद्योगमन्त्री मातृका यादवको फेसबुकबाट



प्रतिक्रिया दिनुहोस्