Logo

अर्थमन्त्रीले प्रतिबद्धता कार्यान्वयन गर्नुहुन्छ : डा. चन्द्रमणि अधिकारी



अर्थविद् अधिकारीसँग पत्रकार ऋषि धमलाले गरेको कुराकानीको सम्पादित अंश :

अर्थविद् डा. चन्द्रमणी अधिकारीको नजरमा नवनियूक्त अर्थमन्त्री डा. यूवराज खतिवडा कस्तो व्यक्ति हुनुहुन्छ ?

उहाँ जानकार एवम् अर्थतन्त्रसम्बन्धी अनुभबी व्यक्ति हुनुहुन्छ ।

अहिलेको अर्थतन्त्रलाई समाहल्न सक्नुहुन्छ त ?

उहाँ सम्बन्धित क्षेत्रको मान्छे हुनुहुन्छ । त्यस सम्बन्धित मन्त्रालय र नेतृत्वले साथ दिनुपर्छ । अन्य मन्त्रालयले पनि उत्तिकै काम गर्नुपर्छ । प्राप्त स्रोत र साधनहरुको उच्चतम प्रयोग गर्दा सफल बनिन्छन नि ।

अन्र्थमन्त्रीले व्यक्त गर्नुभएको पाँच प्रतिवद्धता पूरा गर्न सक्नु होला ?

कार्यान्वयन गर्न सक्नुहुन्छ ।

आधारहरु बताउनुस् जनता जान्न चाहन्छन् ?

सबैभन्दा पहिले अहिले भएका साधन र स्रोतको उच्चतम परिचालन नै पहिलो कुरा हो । साधनस्रोतको प्राप्ती र बजेटको लगानीबाट रोजगारी बढाउने कोणबाट अघि जानुपर्छ । बजेटको उचित प्रयोग गर्दा ती प्रतिवद्धता पूरा हुन्छन् ।

बैशाखबाट ई–पेमेन्ट हुन्छ भन्नुभएको छ के सम्भव छ ?

असम्भव भन्ने कुनै कुरा हुँदैन । त्यसको लागि पहिले पूर्वाधार हुनुपर्छ । देशका ७७ वटै जिल्लामा एकसाथ लागु नहुन सक्छ । विस्तारै यो काम हुन्छ । जनताले सेवा लिनको लागि केही समस्या छन् । विजुली, सुरक्षा व्यवस्था लगायत अन्य पक्ष पनि त्यत्तिकै जिम्मेवार हुन्छन् ।

अर्थमन्त्रीका अवसर र चुनौतिहरु के–के हुन सक्छन् ?

पहिलो प्राथमिकता साधनको परिचालनमा विषेश ध्यान दिने हो । माग सम्बोधन गर्नेगरि साधनको परिचालन गर्ने हो । राजश्व परिचालनको क्रममा आन्तरिक तथा बाह्य ऋण लिँदा विशेष ध्यान दिनुपर्छ । आन्तरिक ऋण र लगानी गर्दा ध्यान दिनुपर्यो । राजश्वको परिचालन गर्दा ध्यान दिनुपर्छ । करका दरहरु नबढाईकन राजश्व संकलन गर्नुपर्छ । दोस्रो प्राथामिकता साधनहरुको उचितम प्रयोग गर्नुपर्छ । उत्पादन भएका साधनहरुलाई सेवामा प्रयोग गर्नुपर्छ । उत्पादनको क्षमता बढाउनुपर्छ । बजेटको बिनियोजन गर्दा लगानी क्षेत्रहरुको पहिचान जानेर गर्नुपर्यो ।

आगामी बजेटले प्रदेशहरुको मागलाई सम्बोधन गर्न सक्छ ?

यसका दुईवटा पक्ष छन् । साधनसा्रेतको कमी छ । जति छ त्यो साधनलाई कसरी व्यवस्थापन गर्ने भन्ने कुरा छ । अर्को कुरा साधान र स्रोतको प्रयोग गर्दा उच्चतम उपभोग गर्नुपर्छ । भौतिक साधनको प्रयोग गर्दापनि त्यत्तिकै ध्यान दिनुपर्छ । जनशक्तिको उच्चतम प्रयोग गर्ने । १० बजेदेखि ५ बजेसम्म कार्यलयमा हाजिर भएकोलाई मात्रै आधार मानेर काम गर्यो भनेर बुझ्नु हुँदैन ।

त्यो अवधिभरमा कति काम गर्यो त्यो महत्वपूर्ण कुरा हुन्छ । भौतिक सुबिधा जम्मा गरेर मस्तिकासाथ मन्त्रालय चलाउछु भन्ने होईन कि हामीसँग भएको जति छ त्यति नै साधान स्रोतहरुको उचित प्रयोग गर्ने हो । प्राप्त साधनहरुको प्रयोगमा ध्यान दिनुपर्छ । संविधानले र्निदृष्ट गरेका आयामहरुको प्रयोग गर्नु नै उचित कदम हुन्छ । आन्तरिक साधान र जनशक्तिको प्रयोग गर्नुपर्ने छ । अहिले भएका संरचनाहरुलाई उचित प्रयोग गर्दा सम्बोधन हुन्छ ।

रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई आत्मनिर्भर बनाउन सकिन्छ त ?

हो केही जटिलता छन् । हिजोको भन्दा आज सोधानान्तर खस्किदै गएको छ । बैदेशिक ब्यापार घाटामा छ । सबै कुराहरुको सुधार गर्दा, वजेट बिनियोजन गर्दा प्रतिफल दिने खालमा परियोजनामा गर्नुपर्यो । रोजगारी दिने, आर्थिक उत्पादन हुने खालका परियोजना पत्ता लगाउनु पर्यो । निजि क्षेत्रलाई साझेदार बनाएर हुन्छ कि निजि क्षेत्रले आफै लगानी गर्छ कि यस्ता कुराहरुमा ध्यान दिनुपर्छ । लगानी गर्ने खालको वातावरण बनाउनुपर्छ ।



प्रतिक्रिया दिनुहोस्