Logo

सशांक निवासबाटै दलको नेतामा देउवाको उम्मेद्धवारी घोषणा



काठमाडौं, १६ फागुन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफूले संसदीय दलको नेतामा उम्मेद्धवारी दिने घोषणा गरेका छन् ।

महामन्त्री शशांक कोइरालाले आफ्नो पार्टीका राष्ट्रियसभा र प्रतिनिधिसभामा नवनिर्वा्चित सांसदहरुलाई लञ्च को लागि बोलाएको भेलामा सहभागी भएका देउवाले पत्रकार ऋषि धमलासँगको कुराकानीमा यस्तो बताएका हुन् । उनले भने,‘म उम्मेद्धवारी दिन्छु, यहीँबाट घोषणा गर्नुहुन्छ, मलाई चुनाव जित्नको लागि धमलाजीको साथ चाहिन्छ।’

फागुन २१ गते हुने पार्टी संसदीय दलको निर्वाचन नजिकिँदै गरेको बेला उनले निर्वा्चित सांसदसहित अन्य नेताहरुलाई पनि टोखास्थित आफ्नै निवासमा ‘लञ्च मिटिङ’को लागि बोलाएका हुन्।



प्रतिक्रिया दिनुहोस्