नारायण गिरी : अहिले शिक्षक भन्ना वित्तिकै अघोषित स्थानीय नेता भनेर चिनिन्छ, दलका वास्तविक कार्यकर्तालाई त्यति राजनैतिक नशा नचढ्ला तर जो सरकारको नुन खाईरहेको छ उही झण्डा बोकेर स्कुलमा खेताला शिक्षक राख्दै महिनौ गायव हुन्छ अनि शिक्षकका नाममा आउने अवसर र गोष्ठिहरुमा उ नै अगाडी गएर चर्का गुणस्तरीय शिक्षा र स्कूल व्यवस्थापनका कुरामा गफ गर्ने प्रचलन व्यवसायीक हुदै गईरहेको छ ।
शैक्षिक मार्काहरुले देशको शिक्षा क्षेत्रमा बद्नाम गराई रहेकोबेला दुर्गम जिल्ला बझाङमा जन्मीयर पनि आफ्नो आजीवन शिक्षण पेशामा कुशल शिक्षकको पहिचाहन बनाउदै विताएका एक तिनै शिक्षक जसको अनुकरणीय व्यक्तित्व अन्यलाई पनि प्रेरणाको श्रोत बनोस भनेर हामीले विशेष महत्व दिएका छौं, जो आगामी दिनमा पनि यस्तै समाग्रीहरु पस्किने प्रयास गर्नेछौ ।
उतिखेर उनले स्कुल जानका लागी घरमा दुई तीन दिन अघि सामल तुमल तयारी गर्थे अनि एक भरिया साथमा लिएर काडा भन्ने ठाउको वाटोमा लाग्थे । काडा गाविसको धुलिको विद्यालयमा शिक्षक भएर काम गर्दाका ती दिनहरु सम्झन योग्य नभएपनि कहिल्यै विर्षन नसकिने रिठापोटा गाउका अपाङ्गता भएका शिक्षक ब्रह्रमदेव जोसीको अनुभव छ । पेशा वाट रिटायर भएका जोसीसँग उनको विगतको जीवन र उनले गरेका योगदानको वारेमा कुरा गर्दा अपाङ्गता भएका व्यक्ति भएर पनि उनले गाउमा शिक्षा क्षेत्रमा उनले धेरै योगदान गरेको देखियो र उनको साहसिक काम, धैर्य स्वभावले जोशी प्रेरणाका स्रोत बनेका छन् । २००९ सालमा जन्मेका काक्षीराम जोसीका छोरा ब्रह्रमदेव जोशीले २०२७ सालमा एस.एल.सी उत्तीर्ण गरेका थिए । १७ वर्षको उमेरमा २०२८ सालमा अस्थाई शिक्षण पेशामा संलग्न भएर करिव ४२ वर्षको शिक्षण पेशा वाट रिटायर भएर सामाजीक कार्यमा सक्रिय छन् ।
आफ्नो घर पायक जागिर खाज्ने शिक्षक र कर्मचारीको लागि भुतपुर्व शिक्षक जाशीको जीवनी सुन्दा अपत्यार लागेपनी उनले भोगेका दुख र संघर्षलाई अनुभवको रुपमा परिणत गर्दै एउटा असल निश्ठावान शिक्षक भएर उनले गरेका योगदानले स्थानीय तथा राष्ट्रिय रुपमा सम्मानीत हुदा पनि उनको माहान विचार र पेशा प्रतिको निष्ठा उजागर हुन्छ । घरको छानावट लाडेर अपाङ्गता भएका जोशी लाई अरुभन्दा शारिरिक हिसावले कमजोर देखिएपनि उर्जाशिल र मिहिनेतका कारण समाजमा फरक पहिचान वनाउदै हरेक हिसावले अरु भन्दा अग्रणि भुमिकामा मात्र होइन सवैका पृय र सम्झनाका पात्र वनेका छन् ।
उनी शिक्षण पेशामा रहदा नियमित रुपमा स्कूल पढाउने, विद्यालयको वातावरणमा सुधारका लागी पहल गर्ने र सवै विद्यार्थी सफल र असल वनुन उनको एक मात्र ध्यय थियो । उनले काम गरेका सवै विद्यालयमा विद्यालयको उन्नती मात्र हैन त्यहाँको शैक्षिक अवस्था सुधारको लागि दिन रात खटिरहे । सानै उमेर देखि दयालु विचार भएका ब्रह्रमदेव जोसी जुन विद्यालयमा गयो त्यहाँ उनले समुदायको माया धेरै पाए । जीवनका ४० वर्ष मैले शिक्षक भएर दिन विताएँ जोशीले भने, यो अवधिमा मैले सवै भन्दा वढी अविभावक वाट माया पाएको छु, त्यहिनै मेरो कमाई हो ।
सुरुमा छान्नाको मेलतडी माविमा शिक्षक भएका जोशीले भने, त्यहाँको विद्यालयको सुधारकोलागी धेरै काम गरियो स्कूल विदा र फुर्सदको समय गाउँमा जान्थे र स्कुल नगएका केटाकेटीहरुलाई स्कुल पढाउन उनका अभिभावकलाई सम्झाउँथे । आफ्नै पैसा खर्च गरेर पनि केही असाहाय विद्यार्थीहरुका लागी कापी कलम किनिदिन्थे । विद्यार्थीहरु मुडामा र जोशी ढुंगामा बस्थे । रिटायर्ड भए पछि विगतका दिनहरुको स्मरण आउदो रहेछ उनले अभिभारा साप्ताहिकसंग कुरा गर्दै भने आज भोली एक्लै बसिरहदा कहिले काहि पुराना कुरा सम्झेर आनन्द लिन्छु । मेल्तडी स्कुलमा तीन बर्षको अवधिमा उनले कुनै दिन त खप्तडमा गएर पनि भैसि गोठाला, बालबालिकालाइृ कखरा पढाएको स्मरण उनको मनमा अझै ताजै छ ।
आफ्नो काम प्रति साहै्र जवाफदेही र कर्तव्यनिष्ठ जोशीले आफुले जहिले पनि बालबालिकाहरुलाई नियमित पढाउने, अतिरक्ति क्रियाकलाप सिकाउने र अनुशाशित बन्ने प्रेरणा जगाउने गरेको बताउछन् । एउटा शिक्षकले विद्यार्थिको भविश्य निर्माण गर्न महत्वपुर्ण भुमिका हुन्छ, उहाको तर्क छ ः शिक्षक जस्तो छ विद्यार्थी पनि त्यस्तै हुन्छ । मेरो हातवाट जीवनमा कुनै बद्मासी नभएको भन्दै जोशीले जहाँ जिल्ला शिक्षा कार्यालयले सरुवा गर्यो त्यहा इमान्दारीका साथ पढाएको बताए । जिल्लामा मात्र हैन ब्रह्रमदत्त जोशीले भने पाँच बर्ष नेपाल राष्ट्रिय भानु माध्यामीक विद्यालय बर्दियामा पनि पढाए उनले त्यहा रहदा अभिभावकवाट पाएको माया अझै ताजा छ ।
त्याहाका मानिसहरुले अहिले पनि सम्मानकासाथ बोलाउने गरेको र पछिल्लो समयमा १३ बर्ष शिशु निमावि काप्रामा अध्यापन समेत गराय । मेल्तडी र बर्दीयामा जुन विद्यालयमा सक्रिय भएरलागे त्यो भन्दा बढि उनले शिशु प्राविलाई पनि विद्यालयको सुधारका साथै पढाईको गुणस्तरमा सुधार ल्याउन प्रयास गरे । बालबालिकाको बढाईप्रति साहै्र ध्यान दिईरहने जोशीले पढाएका विद्यार्थिहरु हाल राज्यका विभिन्न निकायमा हुदा उनलाई गौरव लाग्ने गरेको बताए । जहा म बसे त्यहाको विद्यालयलाई स्तर उन्नती गर्न लट्ठी टेक्दै गाउँ गाउँमा सहयोग संकलन र सुझावकोलागि सधै समुदायको घरदैलो धाउने गरेको थिएभनले भने ।
शिक्षक भनेको समाजको गुरु मात्र हैन आवश्यक पदा वकील र साहित्यकार पनि हो उनको विचारमा सामाजिक नेताकोरुपमा शिक्षक पेशाले जहिले पनि जवाफदेहीसंगै इमान्दार बन्नु पर्ने हुन्छ । समाजको प्रतिविम्वकोरुपमा चिनिने शिक्षा जसको गुरु बन्ने सौभाग्य शिक्षकले मात्र पाएको हुन्छ, आफुले यो अवधीमा शिक्षकमा हुनु पर्ने सबै गुण पालना गर्न प्रयास गरेको दावी गर्ने जोशले भने जिवनको चल्दो, फुल्दो उमेर कात्रा, मेल्तडी, बर्दियामा विताय पनि अन्तिम चरणमा १९ बर्ष बझाङको सबै भन्दा विकट धुलीकाडी रहेको धुली निमाविमा धुलीमा काम गर्ने अवसर प्राप्त गरे । आपांग शिक्षक धुली जादाँ धुली प्रावि थियो, म त शारिरीकरुपमा अपांग थिए उनले भने जहा म गए त्यहाका विद्यालय भौतिक, शैक्षिक, आर्थिकरुपमा अपांग जस्तै थिए तर मैले मेरो बुद्धि विवेकले आफु कार्यरत सबै विद्यालयलाई सपांग जस्तै बनाए । विद्यालयमा नयाँ जिवन दिए जसले गर्दा आज यी हातहरुले बनाएको स्कुल राम्रो भएको देख्दा आत्म सन्तुष्ट भएर आउछ ।
अन्य विद्यालयको कार्य अनुभव भन्दा व्रह्रमदत्त जोशीको काडामा रहदा अलि फरक अनुभव छ । सपांगहरुलाई त काडाको बाटो हिड्न कति समस्या छ ? सबैलाई थाहा छ, जोशी सरले यी उकाली ओराली गर्दै १९ बर्ष विताए र हाल त्यही विद्यालयवाट सेवा निवृत्त भएका छन् । जिल्ला शिक्षा कार्यालयले सबै भन्दा दुर्गम, सबैले छाडेको काडामा सरुवा गरिदिदा दुख मान्नुको साटो त्यहाको माटोले मलाई बोलाई रहेको सपना देख्थे उनले थपे । उनले भने कुनै प्रतिकृया नजलाई कार्य क्षेत्रमा लुटुलुटु हिडे, काडामा जादा विच बाटोमा पर्ने ओडार गुफामा बास बसेको, सातु खाएको याद अझै स्मृतिको पलमा ताजै छ ।
अपांग मान्छे एक्लै हिड्दा थुप्रै ठाउमा लडेको, मान्छेले गरेको हेय व्यवहारले बाचिन्छ जस्तो त लाग्दैनथ्यो आखिर काडा जादाका ती दिन सम्झी राख्न योग्य नभए पनि बिर्सिनै नसकिने बताए । धुली प्राविलाई मैले आफ्नो बालक सरह हुर्काय, अगाडी बढाए जहा मैले विद्यलयमै सारा जीवन सर्मपित गरे । म जस्ता अरु पनि शिक्षकहरु होलान् तर मैले जस्तो संघर्ष त कसैले भोगेका छैनन् भेग्नु पनि नपरोस् । काडामा अरु शिक्षकलाइृ अहिले पनि सरुवा गरेर पठाएमा न्यु खोज्ने भनेको ठाउमा नजाने अवस्था हून्थ्यो होला मैले त्यसो गरिन जिम्मेवार शिक्षकको नाताले त्यहाका बालबालिकाको मुहार र उनले देख्ने सपना मेरो उपलब्धी हुन भन्ने ठाने । जो मेरो लागि अवसर र चुनौती दुबै थिए जसको मैले सहज व्यवस्थापन गरे भन्ने लाग्छ त्यही कारण शिक्षाको सुनौलो अवसरबाट कोही बन्चीत हुन परेन जोशीले भने ।
शिक्षण पेशामा जिवन नै सर्मपित गरेका ब्रह्रमदेव कैयौ विद्यालय, अभिभावक, शिक्षक, विद्यार्थिहरुका लागि देउता सरह नै भएर आए त्यसैले होला राष्ट्रिय स्तरमा विभिन्न पुरस्कारहरु : २०५० र २०५४ सालमा राष्ट्रिय शिक्षा पुरस्कार, २०६९ सालमा समाज कल्याण परिषदवाट उत्कृष्ठ अपांग शिक्षकको समेतवाट पुरस्कार प्राप्त गरेका थिए । दुई छोरा एक छोरी र श्रीमतिको साथ सहयोगले पनि आफुलाई अगाडी बढ्ने उर्जा मिलेको बताउने जोशी कविता लेख्न पनि रुचाउछन् । शान्ती शन्देश नामक धुलीकै ऐतिहासिक वर्णनात्मक खण्डकाब्य प्रकाशित गरेका छन् । यति मात्र हैन धुलीमा रहदा प्रकृतिप्रेमी जोशी मानसरोवरमा समेत पुगेका थिए । सत्यवादीका शिक्षक रामदत्त अवस्थीले पढाएका ब्रह्रमदत्त जोशी विद्यालयको प्रशासन रामदत्त सरबाट सिकेको उनी निकट व्यक्तिहरुले समेत बताउछन् ।
अपांग शिक्षक जोशीका अनुसार उतिखेरको जुम्ला जिल्ला हालः कालिकोटको फोई, राचुली र टाकुल्लामा समेत बसेर आफुले केही काम गरेको समेत अनुभव छ । उनले भने मरो पशिना सुदुर पश्चिमदेखी कर्नाली सम्म भिजेको छ । २०६९ सालमा शिक्षण पेशाबाट सेवा रिटायर्ड भएका जोशी हाल सदरमुकाममा आउने जाने गर्दछन् जहा उनले स्वयंसेवी शिक्षकको समेत भुमिका निर्वाह गर्दै आएका छन् । आफुले पढाएका विद्यालयमा पुग्ने र अनुभवहरु बाड्ने अझै उनको रहर छ । अपांग संस्थामा रहेर समाजसेवा गर्ने लक्ष्य राखेका उनलाई राज्यले अझै फरक क्षमता राख्नेहरुलाई उचित सम्मान दिन नसकेको बताए । १९ बर्ष काडामा स्कुल जादा हरकदममा सहयोगी भुमिकामा रहने जागिराम÷कालीराम जोशी, धुलीका गिरी रोकाया, रामलाल रोकाया,मैज्या÷रन्तु बोहरा जो व्यक्ति अहिले पनि स्मृतिको पलमा गडेर बसेका छन् । एउटा अपांग शिक्षक जसले काममा जालझेल हैन मनमा इमान्दारीता, काधमा जवाफदेहीता बाहेक अरु केही देखेनन् ।
यिनको संघर्ष र जीवनवाट अन्य यसै पेशामा संलग्न मात्रलाइृ हैन सेवा भाव के हो भनेर जान्न चाहने जो सुकैलाई पनि प्रेरणाको श्रोत बन्न सक्छन जोशी । उनको एउटै आग्रह छ कर्तब्यनिष्ठ भएर आफ्नो पेशामा सर्मपित हुने, समाजको पक्षमा सदैव भलो चिताउने, आफुसंग भएका शीप र ज्ञानका कुराहरु सजिलै बाड्ने गर्नाले अशिक्षित, गरिब दुखी र अज्ञानीलाई बढी लाभ हुने भएकोले सेवा भाव राखेमा अर्को जुनीमा समेत परम् सुख मिल्ने उनको आशा छ । अहिलेको पछिल्लो पुस्तामा अनुशासन र गुणस्तरीय शिक्षाको अभाव रहेकोले आफुले सकुन्जेल देश, समुदाय र विद्यार्थीमा सोको पुर्ति स्वयंससेवी भएर भुमिका निभाउने गरीरहने छु । सबैले आफ्नो क्षेत्रमा पनि सक्दो योगदान गरौ देश सम्वृद्ध र शिक्षित हुने छ हामी विश्वका केन्द्र त्यसै बन्ने छौ । आशा गरौ उनले सोचेका सबै कुरा पुरा होउन अनि उनको विगतबाट इमान्दारीता र व्यवसायिकताको पाठ थुपै्रले सिकुन् पनि ।