Logo

विप्लवलाई पक्राउ गर्ने तयारीमा सरकार, घरमा पक्राउ पूर्जी टाँसियो



फागनु १६, काठमाण्डौ । नेपाल कम्प्यूनिष्ट पार्टीको महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्राउ गर्न पक्राउ पूर्जी जारी गरिएको छ ।

जिल्ला अदालत भोजपुरले पक्राउ गर्न आदेश दिए बमोजिम कार्यन्वय गर्नलाई विप्लवको घरमा पक्राउ पूर्जी टासिएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ ।

भोजपुर जिल्ला अदालतले विस्फोट पदार्थ र ज्यान मार्ने उद्योग मुद्दामा उपस्थित गराउन पत्रचार गरेपछि कपिलबस्तु प्रहरीले पुर्जी टाँस गरेको हो ।

स्थानीय तहको चुनाव यता भएको चुनाव विरोधी गतिविधिमा सरकारले विप्लवको पार्टीको हात देखेको छ । तर, सो पार्टीले यसलाई जनताको प्रतिरोध भन्दै औपचारिक रुपमा जिम्मेवारी लिएको छैन् ।

यसबाहेक सो पार्टीले केही जलविद्युत परियोजना र गैरसरकारी संस्थाका कार्यलयलाई लक्षित गरी बम पड्काएको छ । केपी ओली नेतृत्वको सरकार गठन भएलगत्तै सरकारले सो पार्टीका दुई नेता पक्राउ गरेको थियो ।

उनीहरु हिजो मात्र रिहा भएका छन् आफ्ना नेता पक्राउको विरोधमा सो पार्टीले एक दिन नेपाल बन्दको समेत आव्हान गरेको थियो ।



प्रतिक्रिया दिनुहोस्