Logo

समृद्धिको लागि सरकारले कुनै सम्झौता गर्दैन : प्रधानमन्त्री ओली



काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत रहेको बताएका छन् । उनले भने,‘जनताको समृद्धिको लागि सरकारले कुनै सम्झौता गर्दैन ।’

ललितपुरमा बुधबार राजदल गण राष्ट्रिय सेवा दलको दीक्षान्त समारोहलाई सम्बोधन गदै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देश सम्बृद्ध बनाउने कुरामा भाषण मात्रै नगरी काम गरेर देखाउने पनि विश्वास दिलाए ।

ओलीले सम्बृद्धिका लागि राष्ट्रिय भावना पनि जरुरी हुने बताए । उनले भने, ‘सरकार देश र जनताको सम्बृद्धिका लागि कटिबद्ध, प्रतिबद्ध र प्रयासरत छ यसमा सरकारले कुनै सम्झौता गर्दैन ।’

प्रधानमन्त्री ओलीले समृद्धिका लागि युवाहरुको महत्पुर्ण योगदान हुने भन्दै युवालाई सीप, सिकाएर दक्ष बनाउन जरुरी रहेको बताए । समारोहमा १३ औँ व्याजका क्याडेटहरुलाई दीक्षित गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस्