Logo

प्रदेश नं. २ मा मन्त्रिपरिषद् विस्तार (सुचिसहित)



जनकपुर, १६ फागुन । प्रदेश नं. २ का मुख्यमन्त्री लालबाबु राउतले आज मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

मुख्यमन्त्री राउतले चार मन्त्री र तीन राज्यमन्त्री थप गरेर मन्त्रिपरिषद् विस्तार गरेका हुन् । संघीय समाजवादी फोरम नेपालले आन्तरिक मामिला तथा कानुनमन्त्रीमा ज्ञानेन्द्रकुमार यादवलाई पठाएको छ ।

त्यसैगरीm भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्रीमा शैलेन्द्रकुमार साहलाई नियुक्त गरिएको छ । फोरम नेपालबाट नरेन्द्र राय यादव, सरोज सिंह र उषा यादवलाई राज्यमन्त्रीमा नियुक्त गरिएको छ ।

राष्ट्रिय जनता पार्टी नेपालबाट उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्रीमा रामनरेश राय र सामाजिक विकासमन्त्रीमा नवलकिशोर साह मन्त्री बनेका छन् ।

मुख्यमन्त्री राउतले यसअघि फोरमबाट विजय यादवलाई अर्थमन्त्री र राजपाका जितेन्द्र सोनललाई भौतिक पूर्वाधार विकासमन्त्रीमा नियुक्त गरिसकेका छन् ।

नवनियुक्त मन्त्रीहरुको आजै एक कार्यक्रमकाबीच सपथ लिएका छन् ।



प्रतिक्रिया दिनुहोस्