Logo

संविधान संशोधन गरेर फोरमलाई सरकारमा ल्याउन एमाले–माओवादी तयार, सहमतिमा हस्ताक्षर हुँदै



फागनु १६, काठमाण्डौ । संघीय समाजवादी फोरमलाई सरकारमा सहभागि गराउन संविधान संशोधनका लागि सरकारले आजै लिखित प्रतिवद्धता व्यक्त गर्ने भएको छ ।

सरकारले सहमतिका लागि तयार भएको जानकारी दिएपछि फोरमका अध्यक्ष उपेन्द्र यादव, सह अध्यक्ष राजेन्द्र श्रेष्ठ र महासचिव रामसहाय यादव अहिले प्रधानमन्त्री कार्यालय सिंहदरबार पुगेका छन् ।

यसअघि फोरमले अघि सारेका माग सम्बोधन गर्न सकिने वा नसकिने बारे एमाले र माओवादी आन्तरिक गृहकार्यमा जुटेका थिए ।

उता फोरमका अध्यक्ष उपेन्द्र यादव भने एमाले–माओवादीबिचको छलफलको निष्कर्ष कुरेर बसेका थिए ।

सहमति हुने खबर पाएलगत्तै फोरमको टोली हस्ताक्षर गर्न सिंहदरबार पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्