Logo

फोरमसँग भोलि सहमति हुन्छ : प्रधानमन्त्री ओली



काठमाडौं, १६ फागुन । प्रधानमन्त्री केपी शर्मा ओलीले संघीय समाजवादी फोरम नेपालसँग भोलि सहमति हुने विश्वास दिलाएका छन् ।

बुधबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा पत्रकार ऋषि धमलासँगको संक्षिप्त कुराकानीमा प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन। आृेलीले भने,”ऋषिजी भोलि सहमति हुन्छ, आजै हामी सहमतिको नजिक पुगेका छौं, भोलि सहमतिपत्रमा हस्ताक्षर हुन्छ।”

भोलि ९ बजे अर्को बैठक राखिएको छ । आपसी सहमतिका आधारमा संविधान संशोधन गर्नेगरी सहमति गरिने एमाले नेताले जानकारी दिए ।

आजको छलफल सकारात्मक भएको फोरमका सह-अध्यक्ष राजेन्द्र श्रेष्ठले जानकारी दिए ।

तस्विर : मुकुन्द कालिकोटे 



प्रतिक्रिया दिनुहोस्