Logo

कुमारी युवा क्लबद्धारा पत्रकार धमला सम्मानित



काठमाडौं, १७ फागुन । रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलाले फागु पुर्णिमाले सम्पूर्ण नेपालीहरुबीच सद्भाव कायम गर्न टेवा पुर्याउँदै आएको भन्दै आगामी दिनमा पनि यस पर्वलाई संरक्षण एवम् प्रर्वद्धन गर्नमा जोड दिएका छन् ।

कुमारी युवा क्लबले होली पर्वको अवसरमा आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा सम्बोधन गर्दै पत्रकार धमलालले यस्तो बताएका हुन् । उनले भने,‘होली भन्ने वित्तिकै रंगहरुको पर्व भएकोले हामीले एक आपसमा भाईचारा कायम गर्ने र एकता कायम गर्नुपर्छ, एक आपसमा माया प्रेम साटासाट गर्नुपर्छ।’

धमलालेयस पर्वले सबै नेपालीबीच सामाजिक सद्भाव एवं राष्ट्रिय एकता कायम राख्न मद्दत पु¥याउँदै आएको धारणा राखे । जातीय तथा धार्मिक–सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा रहेको हाम्रो मुलुकमा सबै नेपालीले खुशी र हर्षोल्लासपूर्वक रंगमा रमाएर यस पर्व मनाउने गरेको उल्लेख गर्दै धमलाले यस महान् पर्वले सबै नेपालीमा खुशीका रंग छर्दै नयाँ उमंग एवं हर्षोल्लास प्रदान गरोस् भन्ने कामना समेत गरे ।

उक्त अवसरमा पत्रकार धमलालाई क्लबले सम्मान गरेको थियो । त्यस्तै क्लबले समाजमा योगदान पुर्याएका लब्धप्रतिष्ठित विभिन्न व्यक्तिहरुलाई पनि सम्मान गरेको थियो । उनीहरुलाई पत्रकार धमलाको हातबाट सम्मान गरिएको थियो ।

होलीको अवसरमा काठमाडौं उपत्यकामा आयोजना गरिएका करिब एक दजर्न कार्यक्रममा धमलाले आज सम्बोधन गरेका थिए । कार्यक्रममा उपस्थिति युवा पुस्ता धमलासँग सेल्फी खिच्न झुम्मिएका थिए ।



प्रतिक्रिया दिनुहोस्