Logo

काठमाडौंमा होलीको रौनक (फोटोफिचर)



काठमाडौँ, १७ फागुन । आज फागुन शुक्ल पूर्णिमा अर्थात होली । हिमाली एवम् पहाडी जिल्लामा आज मनाईँने होलीको रौँनक काठमाडौँका सडक सडकमा देखिएको छ।

वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने यो पर्वमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ।

केही वर्ष अघिसम्म उपत्यकामा उत्ताउलो रुपमा मनाइने यो पर्व प्रहरीको सक्रियताका कारण पछिल्लो समय सभ्य बन्न थालेको छ। सडकमा काम विशेषले हिँड्नेलाई इच्छाविपरीत रङ र लोला हान्ने क्रम बन्द भएको छ।

होलीको अवसरमा काठमाडौँको विभिन्न ठाउँमा देखिएका रौन्कका दृष्यलाई हाम्रा सहकर्मी मुकुन्द कालिकोटेले आफ्नो क्यामेरमा कैद गरेका छन्।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्