Logo

दुईतिहाई पुर्याउन ओली-प्रचण्डको उपेन्द्र मोह, कारण यस्तो छ



काठमाडौं, १७ फागुन । नेकपा एमाले र माओवादी केन्द्र सम्मिलित वाम गठबन्धन दुई तिहाई पुर्याउने लक्ष्यसहित उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम नेपालसँग नयाँ सहमति गर्ने अन्तिम तयारीमा जुटेको छ।

प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यो बीचमा फोरम नेपालका अध्यक्ष यादवसँग लगातार छलफल गरिरहेका छन् । स्रोतका अनुसार संविधान संशोधनमा सरकारका तर्फबाट लिखित प्रतिबद्धता आउने भएको छ ।

यो सँगै उपेन्द्र ओली नेतृत्वको वर्तमान सरकारमा सभार हुने करिब निश्चित बनेको छ । तर, सहमतिको लागि हलो भने मन्त्रालय कति वटा लिने वा दिने भन्ने विषयमा अड्किएको छ। उपेन्द्रले यतिवेला आफूलाई कम्तिमा पनि तीन वटा महत्वपूर्ण मन्त्रालय दिनुपर्ने माँग गरिरहेका छन् ।

तर, ओली प्रचण्ड भने अहिले एउटा मात्रै मन्त्रालय दिने पक्षमा पुगेका छन् । त्यसैले आजको निर्णायक वार्तामा हुने भनिएको लिखित सहमति पनि बिना निश्कर्ष टुँग्गिएको थियो । ओली र प्रचण्ड दुवैले उपेन्द्रसँग सहमति गर्न यतिको जोड दिनुमा अर्को रहस्य रहेको पनि खुलासा भएको छ ।

स्रोतका अनुसार उनीहरुले दुई तिहाई पुर्याउनको लागि उपेन्द्रसँग सम्झौता गर्न लागेका हुन् । यसो भयो भने भोलिका दिनमा संविधान संशोधन गर्नदेखि लिएर अन्य कुरामा पनि काम लाग्ने उनीहरुको भित्री योजना छ । वम गठबन्धनको नयाँ रणनीति भनेको भोलि संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति बनाउनेसम्मको पनि हुन सक्ने बजारमा हल्ला छ ।

 



प्रतिक्रिया दिनुहोस्