Logo

उपेन्द्र यादवले माँगे प्रधानमन्त्रीपछिको मर्यादाक्रम



काठमाडौं, १७ फागुन । संघीय समाजवादी फोरम नेपाल प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारमा सहभागी हुने करिब निश्चित भएको छ ।

तर, फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूलाई प्रधानमन्त्रीपछिको मर्यादाक्रम दिनुपर्ने अडान लिएको खुलासा भएको छ।

यादव यसअघि नै उपप्रधान एवम् परराष्ट्रमन्त्री भैसकेका छन् । त्यसैले होला, उनले आफू सरकारमा सहभागी हुँदा प्रधानमन्त्रीपछिको मर्यादाक्रम दिनुपर्ने डिमाण्ड गरेका छन् । यद्धपी उनले उपप्रधानमन्त्री भए उपप्रधानमन्त्री नभए मर्यादाक्रम मै आफूलाई प्रधानमन्त्रीपछि दिईनुपर्ने बताएका छन् ।

प्रधानमन्त्री ओली र सत्तारुढ दल नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवैले उपेन्द्रलाई जसरी पनि सरकारमा ल्याउनेगरि होमवर्क गरिरहेका छन् ।

यादवले संविधान संशोधनमा सरकारले लिखित प्रतिबद्धता जनाउने हो भने आफुहरु सरकारमा सहभागी हुने यसअघि नै बताईसकेका छन् ।



प्रतिक्रिया दिनुहोस्