Logo

पाकिस्तानी प्रधानमन्त्री ओलीलाई बधाई दिन नेपाल आउँदै



काठमाडौं, फागुन १८ : पाकिस्तानका प्रधानमन्त्री शाहिद खाकान अब्बासी फागुन २१ गते नेपाल आउने भएका छन्।

प्रधानमन्त्री केपी शर्मा ओलीलाई बधाई दिन अब्बासी नेपाल आउन लागेको एमाले सचिव प्रदीप ज्ञवालीले जानकारी दिए। ‘उहाँ २१ गते आएर र २२ गते फर्कने कार्यक्रम छ,’ ज्ञवालीले भने।

अब्बासी थप कार्यक्रमबारे खुलाइएको छैन। फागुन ३ मा प्रधानमन्त्री नियुक्त भएका ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फोनमार्फत् बधाई दिएका थिए।



प्रतिक्रिया दिनुहोस्