Logo

तराईमा आज धुमधामका साथ होली मनाईदैं



काठमाडौं, १८ फागुन । तराईमा आज धूमधामका साथ होली पर्व मनाईदै छ । काठमाडौं उपत्यकासहित पहाडी क्षेत्रमा बिहीबार होली मनाइए पनि तराईका जिल्लामा आज मनाउने गरिन्छ ।

वसन्त ऋतुको आगमनको शुरुवातमा पर्ने फागु पर्व एकापसमा मैत्रीभाव प्रकट गर्न सामूहिक रुपमा भेला भएर एकार्कामा रङ दलेर मनाउने गरिन्छ ।

सत्य युगमा विष्णुभक्त प्रह्लादलाई मार्न हिरण्यकश्यपुले विभिन्न जाल बुन्दा पनि नसकेपछि आगोबाट नजल्ने र नमर्ने वरदान पाएकी बहिनी होलिकाले प्रह्लादलाई काखमा लिएर आगोमा बस्न लगाउँदा प्रह्लादलाई केही नभएको तर होलिका जलेर नष्ट भएको प्रसंग यस पर्वसँग जोडिएको छ ।

असत्यमाथि सत्यको विजय भएको यस घटनापछि होली मनाउन थालिएको विश्वास गरिन्छ ।



प्रतिक्रिया दिनुहोस्