Logo

सोमबारसम्ममा मन्त्रीमण्डलले पूर्णता पाउने, फोरमलाई मनाउने प्रयास जारी



फागुन १८, काठमाण्डौ । आगामी सोमबारसम्ममा मन्त्रीमण्डलले पूर्णता पाउने भएको छ । संघीय समाजवादी फोरमलाई पनि सरकारमा ल्याउने तयारी गर्दा मन्त्रीमण्डलले पूर्णता पाउन सकेको छैन ।

पछिल्लो केही दिनयता सरकार, विशेषगरी एमले र माओवादीले फोरमलाई सहमति गराएर सरकारमा सहभागि गराउने प्रयास भइरहेको छ ।
तर फोरमले भनेजसरी मन्त्रालय भागबण्डमा कुरा नमिल्दा सम्झौतामा हस्ताक्षर हुन नसकेको बताइएको थियो ।

अब भने आइतबारसम्ममा सहमति गरेर ढिलोमा सोमबारभित्र फोरमसहितको मन्त्रीमण्डल विस्तार गर्ने गृहकार्यमा एमाले, माओवादी र फोरम छन् ।

फोरमले तीनवटा मन्त्रालय मागेकाले अहिलेसम्म सहमति हुन नसकेको बताइएको छ । एमाले–माओवादीले भने एउटै मन्त्रालयमा फोरमको चित्त बुझाउने प्रयास गरिरहेका थिए ।
यद्यपी दुईवटासम्म मन्त्रालय दिन तयार भएको बताइएको छ ।

यसअघि दुईपटक मन्त्रीमण्डल विस्तार भइसकेकाले अब पटकपटक मन्त्री थप्नुभन्दा एकैपटकमा मन्त्रीमण्डललाई पूर्णता दिने गरी गृहकार्य भइरहेको छ ।



प्रतिक्रिया दिनुहोस्