Logo

प्रधानमन्त्री ओली र अमेरिकी राजदूत टेप्लिजबीच भेटवार्ता



काठमाडौं, १८ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि अमेरिकी राजदुत अनाइना बि. टेप्लिजले शिष्टाचार भेट गर्नुभएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटघाटमा प्रधानमन्त्री ओलीले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई बधाई पठाएकोमा धन्यवाद ज्ञापन गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले अमेरिकी सरकारले नेपालको विकास लगायत विविध क्षेत्रमा लामो समयदेखि गरेको सहयोगको प्रशंशा गर्नुभयो । प्रधानमन्त्री ओलीले मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) परियोजनाले नेपालको उर्जा र यातायातको सुदृढिकरणमा ६३० मिलेनियम अमेरिकी डलर लगानी गर्ने भनेकोमा उक्त काम तत्काल सुरु गर्न आग्रह गर्नुभएको छ ।

राजदुत टेप्लिजले नेपालको विकाश, सुशासन र नीतिगत सुधारमा अमेरिकाको सहयोग सदैव जारी रहने प्रतिवद्धता व्यक्त गर्नुभएको छ । टेप्लिजले सरकारलाई नीतिगत सुधार,सुशासन,विकास र संरचनागत परिवर्तनमा शसक्त कदम चाल्न प्रधानमन्त्रीसँग आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले जलवायु परिवर्तनका कारण नेपालको हिमाली क्षेत्रको बदलिँदो वातावरणका विषयमा राजदुतको ध्यानआकर्षण गराउनुभएको छ । प्रधानमन्त्री ओलीले आफ्नो सरकार भ्रष्टाचार नियन्त्रण, शुसाशन, विकास र समृद्धिका लागि प्रतिवद्ध भएर लागिपर्ने बताउनुभएको छ ।



प्रतिक्रिया दिनुहोस्