Logo

इङ्गलिस प्रिमियर लिगमा आज सात खेल हुँदै



काठमाडौं, फागुन १९ । इङ्गलिस प्रिमियर लिग फुटबलअन्तर्गत २९ औं चरणका खेल आज सुरु हुँदै छन् ।  २९ औं चरणको पहिलो दिन आज सात वटा खेल हुँदै छन् । नेपाली समयअनुसार साँझ सवा ६ बजे हुने खेलमा बर्नले र एभर्टन भिड्दै छन् ।

त्यसैगरी आजै राति पौने ९ बजे ५ खेल हुँदै छन् । लेस्टर सिटी र वर्नमाउथ, साउथ ह्याम्पटन र स्टोक सिटी, स्वान्सी र वेस्ट ह्याम युनाइटेड, टोटन ह्याम र हडल्र्सफिन्ड टाउन तथा वार्टफोर्ड र वेस्ट ब्रोमबीच प्रतिस्पर्धा हुँदै छ ।

त्यसैगरी आजै राति सवा ११ बजे लिभरपुल र न्यूक्यासल युनाइटेड भिड्दै छन् । २८ औं चरणसम्म ७५ अंकसहित म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा छ ।

त्यसैगरी ५९ अंकसहित म्यानचेस्टर युनाइटेड, ५७ अंकसहित लिभरपुल र ५५ अंकसहित टोटनह्याम क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । पाँचौं थानमा रहेको चेल्सीको ५३ अंक छ ।एजेन्सीको सहयोगमा 



प्रतिक्रिया दिनुहोस्