Logo

विश्वकपमा नेइमार ‘आउट’ हुने चर्चाले ब्राजिल स्तब्ध



काठमाडौं, १९ फाल्गुन । आगामी बिश्वकपमा ब्राजिल आफ्ना स्टार खेलाडी नेइमारबिनै मैदानमा उत्रिनु पर्ने स्थिति देखिएको छ । नेइमारले आगामी विश्वकप खेल्न नसक्ने चर्चाकाबीच ब्राजिल मात्रै हैन विश्वभरका नेइमारका फ्यान यतिबेला चिन्तामा छन् ।

नेइमारको खुट्टामा चोट लागेपछि उनको अप्रेशन गर्नु पर्ने भएको हो । फ्रेन्च क्लव पीएसजीबाट खेल्दै आएका नेइमारको पैताला फुटेपछि सर्जरी गर्नुपर्ने भएको हो ।

उपचारमा संलग्न डाक्टरहरूले नेइमारका लागि लामो समयको आराम चाहिने भन्दै विश्वकप खेल्न नसक्ने संभावना रहेको बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्