Logo

सूर्योदय एजुकेशन फाउण्डेशनको सांस्कृतिक दिवस–२०७४ सम्पन्न



काठमाडौं, १९ फागुन । सूर्योदय एजुकेशन फाउण्डेशन द्वारा सञ्चालित तथा घट्टेकुलो, डिल्लीबजारमा अवस्थित एसएबी. पब्लिक स्कूलले नेपाली संस्कृतिको जगेर्ना गर्ने र विद्यार्थीहरुमा लोक संस्कृतिप्रति आकर्षण जगाउने उद्देश्यका साथ एसएबी सांस्कृतिक दिवसको आयोजना गरेको छ ।

चर्चित अभिनेत्री केकी अधिकारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा आयोजित नेपाली लोकगीत गायन तथा नृत्य प्रतियोगितामा कार्यक्रम निर्देशक पे्रम वली, विद्यालय व्यवस्थापन समितिका सदस्यहरु, विद्यार्थीहरु, अतिथिहरु तथा अभिभावक वर्गको उल्लेख्य उपस्थिति रहेको थियो ।

सो कार्यक्रममा बोल्दै विद्यालयका प्रिन्सिपल तथा सूर्योदय एजुकेशन फाउण्डेशनका अध्यक्ष लक्ष्यबहादुर केसीले नेपालीहरु संस्कृतिमा निकै धनी रहेको र यसको संरक्षण नगरे विदेशी संस्कृतिले प्रश्रय पाई आफ्नो मौलिक संस्कृति लोप हुने संभावना तर्फ युवा पुस्तालाई सजग तथा सतर्क पार्न एसएबी सांस्कृतिक दिवसको स्थापना गरिएको विचार व्यक्त गर्नुभयो ।

सो अवसरमा स्वागत मन्तव्य दिंदै विद्यालय व्यवस्थापन समितिमा अध्यक्ष भोजबहादुर शाहले नेपाल बहुजातीय, बहुभाषिक तथा बहुसांस्कृतिक विविधताले भरिएको हुंदा एसएबी. पब्लिक स्कूलले सदैव राष्ट्रियतालाई प्राथमिकता दिने भएकोले नेपाली संस्कृतिलाई जीवन्त राख्न यस्तो कार्यक्रम गर्नु परेको विचार व्यक्त गर्नु भयो ।

कार्यक्रममा प्रमुख अतिथी अभिनेत्री केकी अधिकारीले विद्यार्थीहरुले संसारमा देश र राष्ट्रको पहिचान भनेको नै आफनो कला र संस्कृति भएकोले पढाईको साथसाथै सांस्कृतिक जर्गेना गर्ने तर्फ युवा पुस्तालाई लाग्नु पर्नेमा जोड दिनुभयो ।

सो प्रतियोगितामा लोकगीत गायन तर्फ स्वरुप सिग्देल प्रथम, द्वितीय तिलास्मी थपलिया तथा उषा भूषालले तृतीय स्थान तथा सम्झना भट्टराई र मन्जुश्री नेपालीले सान्तवना भएका थिए भने खुल्ला नृत्य प्रतियोगिता तर्फ गृश्मा हुमागांई, प्रशिद्दि पराजुली र चर्चित थामा क्रमशः प्रथम, द्वितीय तथा तृतीय स्थान तथा अनुष्का भट्टराई र उषा भूषालले सान्तवना स्थान प्राप्त गर्न सफल भएका थिए ।

विभिन्न जातजाति र भाषाभाषीहरुको मैत्रीपूर्ण सद्भाव र समन्वयबाट नेपालीहरुको शिर उच्च रहेको भन्दै सम्पूर्ण विद्यार्थीहरु र शिक्षक शिक्षिकाहरु विभिन्न खाले जातीय पोशाकमा सजिएका देखिन्थे । कार्यक्रममा बोल्दै संगीतकार डेनी निरौला र कुन्ती सिमालीले संस्कृति बिर्संदै गएको वर्तमान अवस्थामा लोकगीत गायन तथा नृत्य प्रतियोगिता गराएकोमा एसएबी पब्लिक स्कूललाई धन्यबाद ज्ञापन गर्नु भएको थियो ।



प्रतिक्रिया दिनुहोस्