Logo

नवराज सिलवाल संसद भवन पुगेपछि



काठमाडौँ, १९ फाल्गुन : नेकपा एमाले र माओवादीका सांसद एकै मञ्चमा जुट्ने मौकामा प्रहरीको ‘मोस्ट वान्टेड’ सूचिमा रहेका प्रहरीकै पूर्व डीआइजी एवं एमाले सांसद नवराज सिलवाल पनि संसद भवन छिरेका छन् ।

माननीय संसदको हैसियतमा उनी अन्य सांसद सरह संसद भवनमै छन् । प्रहरीले अभियुक्तको सूचिमा राखेर खोजी गरिरहेका सिलवाल शनिबार बानेश्वरस्थित संसद भवनमा देखिएका हुन् ।

एमाले र माओवादीका सांसदका लागि राखिएको संयुक्त प्रशिक्षणमा सांसद हैसियतले सिलवाल पनि त्यहाँ पुगेका हुन् ।



प्रतिक्रिया दिनुहोस्