Logo

सरुवा बढुवाका फाइल बोकेर हिंड्ने काम सांसदको होइन, जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस : प्रधानमन्त्री



काठमाडौं, १९ फागुन : प्रधानमन्त्री केपी शर्मा ओलीले  सांसदहरुलाई विकासमा केन्द्रित हुन निर्देशन दिएका छन् ।

एमाले र माओवादी संसदीय दलको संयुक्त वैठकलाई नयाँ बानेश्वरमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । उनले भने,‘सरुवा बढुवाका फाइल बोकेर हिंड्ने काम सांसदको होइन । तपाईहरु जनताका विकास निर्माणका फाइल बोकेर आउनुहोस्’ प्रधानमन्त्री ओली भने, ‘विकासका काम गरेर नतिजा देखाउने बाहेक अरु कुनै काम गर्नु पर्नेछैन ।’

ओलीले जन्ममितिमको अभिलेख समेत सहि नराख्ने अभ्यासबाट देशलाई माथि उठाउनु पर्ने वताएका छन् ।  प्रतिनिधिसभाको ज्येष्ठ सदस्यको उमेरवारे सार्वजनिक भएको विवादको प्रसंग उल्लेख गर्दै प्रधानमन्त्री ओलीले संसद, अदालत, सडक, माइतीघर सबैतिर जन्ममिति विवाद देख्नु पर्ने अवस्थामा देश रहेको वताएका हुन् ।

ओलीले संसदमा ज्येष्ठ सदस्यको उमेरसम्बन्धी विवादको प्रसंगमा यस्तो वताएका हुन् ।  ‘अव हामीले भाइबाट सपथ लिनुपर्ने भएको छ’ प्रधानमन्त्री ओलीको भनाई थियो, ‘देशको अभिलेख प्रणाली कहाँ छ भन्ने कुरा यसले वताउँछ, अदालतमा यहि समस्या छ, सडकमा यहि समस्या छ, माइतीघर मण्डलामा पनि यहि समस्या छ । यस्तो ठाउँबाट देशलाई उठाउनुपर्ने अवस्थामा हामी छौं ।’

ओलीले एमाले-माओवादीबीच छिट्टै एकता हुने बताउँदै त्यसै अनुसार सहकार्य गर्न सांसदहरुलाई आग्रह गरे ।

 

 

 



प्रतिक्रिया दिनुहोस्