Logo

झलनाथलाई राष्ट्रपति बनाउन माधव–बामदेव सहमत, ओली तनाबमा



काठमाडौं, १९ फागुन । नेकपा एमालेका बरिष्ठ नेता झलनाथ खनाललाई राष्ट्रपति बनाउन एमाले नेताद्धय माधवकुमार नेपाल र बामदेव गौतमबीच सहमति भएको छ । उनीहरुले राष्ट्रपतिमा खनाललाई अघि सार्नेगरि कम्मर कसेका छन् ।

वर्तमान राष्ट्रपति विद्यादेवी भण्डारीलाई नै दोहोर्याउने मनशायमा रहेका वर्तमान प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली भने यतिवेला तनाबमा रहेका छन् । ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड दुवै जना वर्तमान राष्ट्रपति भण्डारीलाई नै दोहोर्याउनुपर्छ भन्ने अडानमा रहेको उच्च स्रोतको दाबी छ ।

पार्टी अध्यक्ष, प्रधानमन्त्री, राष्ट्रपति, सभामुख लगायतका पदमा कसलाई अघि सार्ने भन्नेमा विवाद देखिएको छ । पछिल्ला दिनमा एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री खनालले राष्ट्रपति बन्ने चाहना देखाएका छन् । तर उनलाई राष्ट्रपति बन्नबाट रोक्नका लागि ओली नै लागि परेका छन् ।

भण्डारीलाई नै अर्को कार्यकालका लागि पनि दोहो¥याउनुपर्ने अडान लिएका छन् । माओवादीसँगको भागबण्डा अनुसार एमालेको भागमा राष्ट्रपति परेकोले पूरानोलाई नभएर नयाँलाई राष्ट्रपति बनाउनुपर्ने पक्षमा खनाल, नेपाल र गौतम उभिएका छन् ।

नेपाल पक्षधरले नेता खनाललाई नै राष्ट्रपति बनाउने भन्दै भित्री रुपमा लविङ शुरु गरेको छन् ।



प्रतिक्रिया दिनुहोस्