Logo

तस्विरमा हेर्नुहोस् टुँडिखेलमा ‘बुद्ध वचन’ वाचन गर्ने हजारौंको भीड



काठमाडौं, १९ फागुन । एकै मञ्चमा एकै पटक ’बुद्ध वचन’ पढेर विश्व रेकर्ड राख्ने प्रयास अन्तर्गत शनिबार राजधानीको टुडिखेलमा हजारौं नेपालीहरुको भीड लागेको छ ।

पूर्व पर्यटनमन्त्री एवम् नेकपा एमालेका नेता आनन्द पोखरेलले दिएको जानकारी अनुसार करिव डेढ लाख मानिसहरूको आज टुँडिखेलमा उपस्थिति थियो ।

भगवान गौतम बुद्धको वचन ‘धम्मपद’ वाचन गरेर रेकर्ड राख्न र बुद्ध नेपालमा जन्मेका हुन् भन्ने विश्व सन्देश दिन यो कार्यक्रम आयोजना गरिएको हो ।

शनिबारको टुडिखेल भेलाले गिनिजबुकमा विश्व रेकर्ड दर्ज गर्ने ठानिएको छ । ‘धेरै मान्छे एक ठाउ जुटेर एकसाथ पढेको’ रेकर्ड राख्न यो आयोजना गरिएको हो ।

भारतका नाममा रहेको रेकर्ड खोस्ने ठानिएको यो पहललाई गिनिज बुकले मान्यता दिन भने बाँकी नै छ । भारतको आर्ट अफ लिभिङ फाउन्डेसनले करिव ४७ हजार उपस्थित गराएर एउटा कविता वाचन सम्पन्न गरेको कार्यक्रम गिनिजबुकमा रेकर्ड छ ।

कार्यक्रममा प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड समेत सहभागी भएका थिए ।

तस्विर : मुकुन्द कालिकोटे



प्रतिक्रिया दिनुहोस्