Logo

राजेन्द्र खड्की जेल चलान, ११ जनालाई दक्षिण कोरिया लगेको पुष्टी



फागुन २०, काठमाण्डौ । मानव तस्करीको अभियोगमा पक्राउ गरेका कलाकार राजेन्द्र खड्गीलाई पूर्पक्षका लागि कारागार चलान गरिएको छ।

जिल्ला अदालत काठमाडौंले खड्गीलाई शुक्रवार कारागार चलानको लागि अनुमति दिएको हो।

न्यायाधीश तेजनारायण पौडेलको इजलासले मानव बेचविखन तथा ओसारपसार मुद्दामा जेल चलान गर्ने आदेश दिएको हो।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरोले खड्गीलाई माघ २५ गते काठमाडौंको ठमेलबाट पक्रेको थियो।

कलाकार खड्गीले ११ जनालाई दक्षिण कोरिया लगेको अनुसन्धानमा खुलेको हो। खड्गीले एक जनाबाट १० देखि १५ लाख रुपैयाँ लिएको देखिएको हो।

खड्गीलाई केन्द्रीय कारागार सुन्धारामा राखिएको छ।

प्रहरी हिरासतमा रहेका खड्गीले प्रहरीलाई दिएको वयानमा उनीमाथि लागेको आरोप स्वीकार गरेका थिए। अन्य कलाकारहरुले पनि यस्तै काम गरेको देखेर आफूले गरेको खड्गीले बयानमा भनेका थिए ।



प्रतिक्रिया दिनुहोस्