Logo

ओलीजीको चाहनामा पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमण : श्रेष्ठ



काठमाडौं, २० फागुन । पूर्वराजदुत हिरण्यलाल श्रेष्ठले पाकिस्तानी प्रधानमन्त्री अब्बासीको नेपाल भ्रमण दुवै देशले चोहर हुन लागेको स्पष्ट पारेका छन् ।

आईतबार रिपोर्टर्स क्लब नेपालले भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै श्रेष्ठले भने,‘प्रधानमन्त्री केपी शर्मा ओलीकै चाहनामा उहाँ नेपाल भ्रमणमा आउन लाग्नुभएको हो।’

उनले थपे,‘दुवै देशले चाहेर यो भ्रमण हुन लागेको हो, खासगरि ओलीजीको चाहनामा उहाँको नेपाल भ्रमण हुन लागेको हो, पाकिस्तानले पनि नेपालमा आफूलाई सक्रिय बनाउन खोजेको हो भन्ने कुरा यो भ्रमणले संकेत गर्छ।’

ओभरसिज नेशनहरुको नेपालमा स्वार्थ देखिएको अवस्थामा पाकिस्तानले पनि ईन्ट्रेश्ट देखाउनु स्वभाविक भएको उनको टिप्पणी थियो । नेपाल–पाकिस्ता द्धिपक्षीय सम्बन्ध राम्रो बनाउन भ्रमण केन्द्रित हुने उनले विश्वास दिलाए ।



प्रतिक्रिया दिनुहोस्