Logo

भारतसँग नेपालले विशेष सम्बन्ध राख्नुपर्छ : डा. शर्मा



काठमाडौं, २० फागुन । पूर्वराजदुत एवम् राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष डा. शंकर शर्माले ओभरल फोरेन पोलिसीको कन्टेक्स्ट एशियसन सेन्चुरीमा फोकस भएकोले नेपालले पनि छिमेकी पहिलो भन्ने नीति अपाउनुपर्नेमा जोड दिए ।

आईतबार रिपोर्टर्स क्लब नेपालले भ्रमणको पुर्वसन्ध्यामा आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हाम्रो दुई तिहाईभन्दा बढि व्यापार भारतसँग छ, त्यस्तै उत्तरी नाका खुल्ने क्रम जारी छन्, हामीले छिमेकीहरुसँग अत्यन्तै सन्तुलित सम्बन्ध कायम गरेर अघि बढ्नुपर्छ, खासगरी भारतसँग हामीले विशेष सम्बन्ध राख्नुपर्छ।’

पाकिस्तानसँग नेपालको कुल व्यापार ३ मिलियन अमेरिकी डलर रहेकोमा त्यो मध्ये २।७ मिलियन युएस डलर पाकिस्तानले नेपाल निर्यात गर्ने र ०।३ अमेरिकी डलरमात्रै नेपालले पाकिस्ता निर्यात हुने बताए ।

नेपाल र पाकिस्तानबीचको व्यापार अत्यन्तै सानो रहेको उनको भनाई थियो । उनले भने,‘हामीबीच अत्यन्तै ग्याप छ, तर पाकिस्तान सार्कको अध्यक्ष भएकोले नेपालको सहमति लिनु उसको चाहना हामी बुझ्न सक्छौं।’

नेपालले अब परिपक्व कुटनीति, विकास केन्द्रित कार्यक्रम, सुरक्षा, र सम्बन्ध बढावा दिन फंक्शनल पोलिसीलाई ध्यान दिनुपर्ने उनको भनाई थियो । उनले भारतसँग नेपालले सन्तुलित सम्बन्ध बनाएर अघि बढ्नुपर्ने बताए ।



प्रतिक्रिया दिनुहोस्