Logo

‘नेपाल सिईओ समिट तथा अवार्ड २०१८’ हुने



‘बिनोद चौधरीदेखि विरेन्द्र महतोलाई सम्मान गरिने’
काठमाडौं, २० फागुन । पद्मा ग्रुपद्धारा संचालित बिजनेश प्लस टेलिभिजन र सिईओ क्लव नेपालको आयोजनामा यही फागुन ३० गते  काठमाडौंको सोल्टी होटेलमा  ‘नेपाल सिईओ समिट तथा अवार्ड २०१८’ को आयोजना हुने भएको छ ।

रिपोर्टर्स क्लब नेपालमा विजनेश प्लस टेलिभिजन र सिईओ क्लव नेपालले पत्रकार सम्मेलन गरेर मुलुकको आर्थिक विकासको खाँका तयार पार्ने उद्देश्यले उक्त समिट तथा अर्वाडको आयोजना गरिएको जानकारी दिएको छ ।

पद्मा मिडिया ग्रुपका अध्यक्ष गोपाल बस्नेतले मुलुकको आर्थिक विकासको जग हाल्नको लागि नै विजनेश प्लस टेलिभिजनको जन्म भएको बताएका छन् ।

उनले भने,‘बिजेशन प्लस टेलिभिजनले आर्थिक विकासको अभियान शुरु गरेको छ, यसलाई अघि बढाउनको लागि सबैको सहयोग आवश्यक छ, मुलुकको आर्थिक विकास कसरी होला ? कसरी गर्न सकिन्छ भन्ने बारेमा निरन्तर लागि रहेको छ, त्यसै अनुसार यो कार्यक्रम आगामी पाँच वर्षमा सरकारले मुलुकको आर्थिक विकास कसरी गर्ने तयारी गरिरहेको छ र विश्वका विकसित मुलुकका सिईओहरुको अनुभूति कस्तो रहेको छ त्यो अनुभव साट्ने र त्यही अनुसार मुलुकको आर्थिक समृद्धिको अभियान अघि बढाउने हाम्रो परिकल्पना रहेको छ।’

उनले अघि थपे,‘व्यवसायिक रुपमा प्रगति गर्नुमात्रै ठूलो कुरा होईन, हाम्रो समाजको विकास र मुलुकको समृद्धिलाई पनि माथि उठाउने काममा सबै नेपालीहरुले आफ्नो तर्फबाट भूमिका खेल्नुपर्छ।’

क्लबका अध्यक्ष ऋषि धमलाले सञ्चार जगतलाई आर्थिक क्रान्तिको पहिलो पंक्तिमा उभ्याएका छन् । उनले भने,‘आर्थिक क्रान्तिको मूख्य पक्ष सञ्चार पक्ष हो, त्यसको उदाहरण विजनेश प्लस टेलिभिजनले देखाई सकेको छ, आयोजक बिजनेश टेलिभिजन भएतापनि यो अभिभारा हामी सबै पत्रकारहरुको हो, हामीले मुलुकको आर्थिक विकासको लागि कुनै कसर बाँकी राख्नुहुँदैन।’

पद्मा मिडिया ग्रुपले कसैले नसोचेको काम गरेको बताउदै अध्यक्ष धमलाले भने,‘म पद्मा मिडियालाई धेरै धन्यवाद दिन्छु, हाम्रो मुलुकको आर्थिक विकासलाई फरकिलो बनाउने र कसरी समृद्ध मुलुक बनाउन सकिन्छ भन्ने बारेमा जुन प्रकारको योजनामा अघि बढेको छ यो कसैले नसोचेको काम हो, यस कार्य सफल तुल्याउनको लागि रिपोर्टर्स क्लब तयार छ, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आर्थिक पक्षसँग सम्बन्धित व्यक्तिहरुका सुझाव लिने गरेका छन्, हामीले त्यसो किन नगर्ने ? हाम्रो मुलुक समृद्ध बन्नेछ आर्थिक अभियान शुरु भएको छ।’

त्यस्तै उक्त अवार्डका संयोजक डम्बर साहुले फागुन ३० गते हुने अवार्डमा सहभागिता जनाउनको लागि फागुन २९ गतेसम्म निवेदन दिन सकिने बताएका छन् ।’

उनले भने,‘कार्यक्रममा भागलिनको लागि अझैपनि केही समय छ, ९८६५०५२९६४ मा सम्पर्क गर्न सक्नुहुनेछ, यस कार्यक्रमको लागि विजनेश प्लस टेलिभिजन र सिईओ नेपालको आयोजना तथा नेपाल सरकार अर्थ मन्त्रालय उद्योग मन्त्रालय, वाण्ज्यि मन्त्रालय, नेपाल उद्योग वाणिज्य संघ, नेपाल उद्योग परिषद, नेपाल च्याम्बर अफ कमर्स, नेपाल बैंकर्स एशोसियसन र नेपाल वीमा समिति लगायतको सहकार्यमा यो कार्यक्रम हुँदैछ ।’

उनले अघि थपे,‘अवार्ड कार्यक्रममा १७ देश भन्दा बढि सिईओहरुले आफ्नो अनुभव साट्नेछन्, जनु अनुभवबाट हाम्रो मुलुकको आर्थिक विकास गर्नमा ठूलो टेवा पुग्नेछ ।’

अवार्ड कार्यक्रममा नेपालको आर्थिक पाटो र रोजगारीको पाटोमा महत्वपूर्ण भूमिका खेलेका केही प्रतिष्ठित व्यक्तिहरुलाई सम्मान गर्ने आयोजक संस्थाले जनाएको छ ।

कार्यक्रममा विनोद चौधरी, अजय सुमार्गी, डा. वीरेन्द्र महतो, शेष घले लगायत व्यक्तिलाई सम्मान गरिने संयोजक साहुले बताए ।



प्रतिक्रिया दिनुहोस्