Logo

ओली–प्रचण्ड र उपेन्द्रबीच आजपनि कुरा मिलेन



काठमाडौं, २० फागुन । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवबीच आजपनि भेटवार्ता भएको छ ।

सरकारमा सहभागी गराउन एमाले–माओवादीले फोरमसँग लगातार वार्ता गरिरहेका छन् । तर, मन्त्रालय भागबण्डामा कुरा नमिलेपछि आजको छलफलमा पनि सहमति हुन नसकेको स्रोतको दाबी छ ।

फोरमले कम्तिमा पनि तीन मन्त्रालय आफूहरुलाई दिनुपर्ने अडान लिएको छ ।



प्रतिक्रिया दिनुहोस्