Logo

कर्णाली प्रदेशमा चार समिति बनाउने प्रस्ताव



सुर्खेत, २० फागुन (रासस) : कर्णाली प्रदेशको प्रदेश सभामा चारवटा समिति बनाउन प्रस्ताव गरिएको छ ।

प्रदेश सभाद्वारा गठित प्रदेश सभा नियमावली २०७४, मस्यौदा समितिले चार समिति बनाउने प्रस्तावसहित प्रतिवेदन सभामुखलाई बुझाउने तयारी गरेको हो ।

समितिले प्रदेश सभामा पेश गर्न विधायन तथा आन्तरिक मामिला, सार्वजनिक लेखा, अर्थ तथा प्राकृतिक स्रोतसाधन र सामाजिक विकास समिति बनाउने प्रस्तावसहित प्रतिवेदन तयार गरेको मस्यौदा समितिका संयोजक सीता नेपालीले जानकारी दिनुभयो ।

प्रदेश सभा नियमावली निर्माणका लागि मस्यौदा समितिको पहिलो बैठक फागुन ९ गते बसेको र उक्त समितिले १५ दिनभित्र नियमावली सभामुखलाई बुझाउन निर्देश गरेको थियो ।

नियमावलीसँगै समितिले प्रदेश सभाका लागि चारवटा समिति प्रस्ताव गरेको प्रतिवेदन बुझाउन लागेको संयोजक नेपालीको बताउनुभयो ।
प्रदेश सभा सदस्य नेपालीको संयोजकत्वमा आठ सदस्यीय मस्यौदा समिति गठन गरिएको थियो । सरकारले काम दिन नसक्दा प्रदेश सभा अनिश्चित कालका लागि स्थगित छ ।



प्रतिक्रिया दिनुहोस्