Logo

उपेन्द्रसँग कुरा मिल्यो, २ मन्त्रालयसहित सरकारमा जाने



काठमाडौं, २० फागुन । सरकार र संघीय समाजवादी फोरम नेपालबीच सरकारमा सहभागी हुनेबारे कुरा मिलेको छ । प्रतिनिधि सभा सदस्यको सपथग्रहण सम्पन्न भएपछि प्रधानमन्त्री केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवसँग छलफल गरेका थिए ।

उक्त छलफलमा फोरम नेपाललाई २ मन्त्रालय दिने सहमति भएको हो । यद्धपी फोरम नेपालका अध्यक्ष यादवले यस विषयमा पार्टीमा आन्तरिक छलफल गरेर निर्णय गर्ने वचन प्रधानमन्त्री ओलीलाई दिएका छन् ।



प्रतिक्रिया दिनुहोस्