Logo

मन्त्री बन्नका लागि बार्गेनिङ गर्ने र घुर्की लगाउने गरिएको छ, यो प्रवृत्ति नराम्रो हो : गजुरेल



फागुन २१, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता हरिबोल गजुरेलले मन्त्रीका लागि धेरै नेताहरु आकांक्षी भएकाले केही समस्या भए पनि योग्य व्यक्तिलाई सरकारमा पठाउने तयारी भइरहेको बताएका छन् ।

नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता गजुरेलले कस्तो खालको मन्त्रीमण्डल बनाउने भन्ने विषयमा नेतृत्व तहमा गम्भीर बहस भइरहेको बताए ।

मन्त्री बन्नका लागि इच्छा र चाहना हुनु स्वभाविक भए पनि बार्गेनिङ गर्ने र घुर्की लगाउने प्रवृत्ति नराम्रो भन्दै उनले आकांक्षीहरुमध्येका त्यस्ता प्रवृत्ति भएकाको आलोचना गरेका छन् ।

“मन्त्रालय रोज्ने, बार्गेनिङ गर्ने र घुर्की लगाउने गरिएको सुन्नमा आएको छ । यस्तो प्रवृत्ति राम्रो होइन । जुन मन्त्रालय लिए पनि काम त जनतासँग जोडिएकै हुन्छ ।” उनले भने ।

राष्ट्रलाई अगाडि बढाउनका लागि कस्तो मन्त्रीपरिषदको आवश्यकता छ, सोहीअनुसार कसैको दबाबमा नपरी काम गर्न आफूले सुझाब दिएको उनले बताए ।

रामबहादुर थापा, मात्रृका यादव जस्ता राम्रा नेताहरुलाई मन्त्रालय बनाएर प्रचण्डले राम्रो सुरुवाता गरेको उनको तर्क छ ।

संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउँदा उपयुक्त हुन्छ भन्ने लागेर पहल गरिएको उनले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्