Logo

ओली नेतृत्वको सरकारमा फोरमसँगै राजपा पनि सहभागि हुने



फागुन २१, काठमाण्डौ । एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकारमा राष्ट्रिय जनता पार्टी पनि सहभागि हुने सम्भावना बढेको छ ।

यसअघि संघीय समाजवादी फोरमलाई सरकारमा ल्याउनका लागि पहल गरिरहेको सरकारले हिजो राजपालाई पनि सरकारमा आउन ग्रिन सिग्नल दिएको थियो ।

आज फोरमसँग निर्णायक वार्ता गर्ने तयारी भइरहँदा राजपालाई पनि सरकारमा सहभागि गराउने विषयले प्रवेश पाएको हो ।
स्रोतले दिएको जानकारी अनुसार फोरम र राजपा दुवै दललाई दुईदुईवटा मन्त्रालय दिएर सरकामा सहभागि गराउने विषयमा छलफल भइरहेको छ ।

फोरम र राजपा दुवैले मधेशी जनताको अधिकार सुनिश्चितताका लागि संविधान संशोधनको माग राख्दै आएका छन् ।
संशोधनको माग पूरा गर्न सरकार लचक देखिएपछि छलफल अगाडि बढाइएको हो ।

यसैबिच राष्ट्रपति निर्वाचनअघि मन्त्रिपरिषदले पूर्णता नपाउने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले यसबीचमा मन्त्रिपरिषद बिस्तारका लागि आन्तरिक र बाहृय छलफल जारी राख्ने तर सरकारले पूर्णता भने राष्ट्रपति निर्वाचनपछिमात्र पाउने एमालेका एक नेताले बताएका छन् ।

फागुन ३ गते प्रधानमन्त्रीमा निर्वा्चित भएका प्रधानमन्त्री ओलीले शुरुमा एमालेका दुई पोलिटव्यूरो सदस्य लालबाबु पण्डित र थममाया थापा मगरलाई मन्त्रिपरिषदमा सामेल गरेका थिए । दोस्रो चरणमा एमाले र माओवादीबाट दुईदुई जना मन्त्री बनेका थिए ।



प्रतिक्रिया दिनुहोस्