Logo

संसदीय दलको चुनावमा सिटौला पक्ष विभाजित, श्रेष्ठ देउवातिर, थापा र चौधरी सिंहतिर



फागुन २१, काठमाण्डौ । नेपाली कांग्रेसको संसदीय दलको नेताको निर्वाचनमा पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला समुह विभाजित भएको छ ।

समुहको नेतृत्व गरेका सिटौलाले सभापति शेरबहादुर देउवालाई मतदान गर्न निर्देशन दिए पनि उनी निकट सासंदहरु विभाजित भएका हुन् ।

सिटौलानिकट सासंदहरु भिमसेनदास प्रधान, गगन थापा र उमाकान्त चौधरीमध्ये एकजनाले देउवालाई र दुई जनाले प्रकाशमान सिंहलाई मतदान गरेका छन् ।
प्रधानले देउवालाई मतदान गरे भने थापा र चौधरीले सिंहलाई मतदान गरेका हुन् ।

यसअघि १३औँ महाधिवेशनमा सिटौला प्यानलबाट महामन्त्रीमा चुनाव लडेका थापा र कोषाध्यक्षमा चुनाव लडेका चौधरीले संसदीय दलको नेताको निर्वाचनमा भने सिटौलाको निर्देशन अवज्ञा गरेका हुन् ।

चुनावमा पार्टीले लज्जास्पद हार बेहोरेपछि नेतृत्व परिवर्तनको अभियानमा लागेका थापाले देउवालाई मतदान नगर्नु स्वभाविक मानिएको छ । नेतृत्व परिवर्तनको मुद्दालाई स्विकार गर्दै चौधरीले पनि देउवालाई मत नदिएका हुन् ।



प्रतिक्रिया दिनुहोस्