Logo

हामीले नैतिकताको लडाई लड्यौंं, देउवाको भूमिका हेर्न बाँकी : पौडेल



काठमाडौं, २१ फागुन । नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले आफूहरुले नैतिकताको लडाई लडेको बताएका छन् ।

सोमबार संसदीय दलको नेतामा सभापति शेरबहादुर देउवा विजयी भएपछि पत्रकार ऋषि धमलासँग संक्षिप्त कुराकानी गर्दै बरिष्ठ नेता पौडेलले यस्तो बताएका हुन् । उनले भने,‘हामी हार्छौं भन्ने थाहा थियो, तर नैतिक लडाई लडेका हौं, राजनीतिमा नैतिकता हुनुपर्छ, देउवाजीसँग त्यो नैतिकता छैन्।’

हालै सम्पन्न भएको निर्वाचनमा पार्टी हार्दापनि देउवाले नैतिकता नदेखाएको उनको गुनासो थियो । उनले भने,‘म त नैतिकताको लडाई फेरिपनि लडिरहन्छु। हुन त देउवा दलको नेता त भए, तर उनको संसदमा भूमिका कस्तो हुन्छ ? हेर्न बाँकी छ।’

नेता पौडेलले आफूहरु केन्द्रिय समिति, महासमिति हुँदै अर्ली महाधिवेशनसम्म पुग्ने तयारीमा जुटेको पनि जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस्